Techie IT
×
गृहपृष्ठअर्थचौतारि र गोसाईकुण्ड मर्ज

चौतारि र गोसाईकुण्ड मर्ज


बिदुर/नुवाकोटमा गोसाइँकुण्ड बहउद्देश्यीय सहकारी संस्था लिमिटेड बट्टार र चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड विदुरबीच एकीकरण सम्पन्न भएको छ ।


दुवै सहकारीले एकीकृत कारोबार सरुवात गर्ने तयारी गरिरहेका छन् । एकिकरण पस्चात सभाले इन्दबहादुर पण्डितको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेको छ । उपाध्यक्ष बाबुराम लामिछाने, सचिव सकु मान डङ्गोल, कोषाध्यक्ष दीपकराज सिलवाल, सदस्यहरू गंगालाल श्रेष्ठ, राजेन्दप्रसाद पाण्डे, राजेन्द्र बहादुर प्याकुरेल, सन्तोष उपेती र लक्ष्मीकुमारी प्रधान रहेकोसञ्चालक समिति चयन गरेको छ ।
त्यस्तै, लेखा समिति संयोजक धु्रब प्रसाद अर्याल सदस्यहरू ऋषिपसाद रिजाल र विश्वराज भट्टराई रहनु भएको छ । सभाले संस्था एकीकरणका सन्दर्भमा उत्पन्न हन सक्ने विवाद समाधानका लागि गोपालबहादरु सापकोटाको संयोजकत्वमा पष्पराज लोहनी र भुवनलाल राजभण्डारी रहेको विवाद उपसमिति गठन गरेको छ ।
संस्थामा करिब तीन हजार तीन सय सदस्य छन् भने सेयरपँजी चार करोड ५० लाख रहेको छ । सहकारीमा करिब २५ करोडको कारोबार रहनेछ । संस्था एकीकरणपश्चात्को कारोबार एकीकरण गर्न ०७७ साल फागन ८ गतेदेखि १४ गतेसम्म कारोबार बन्द गरेको थियो ।
नुवाकोट जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले जिल्लाका स्थानीय तहलाई समेटेर समग्र आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने संस्थाका सचिव सुकुमान डङ्गोलले बताउनु भयो ।



तपाईको प्रतिक्रिया