Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रियधेरै सामान ल्याउ ः ब्यबसायि

धेरै सामान ल्याउ ः ब्यबसायि


चीन र नेपालबीच सबैभन्दा बढी कारोबार हुने रसुवागढी नाकामा चीनले मितेरी पुलमा ल्याइदिएका सामान बोकेर सोमवार १२ वटा ट्रकहरूमात्रै नेपाल प्रवेश गरेको रसुवा भन्सार कार्यलयका प्रमुख पूण्यविक्रम खड्काले बताउनु भयो ।
भन्सार कार्यलयका प्रमुख खड्का अनुसार सोमबार मात्रै चिनियाँ पक्षले श्रमिक र चालकहरूको सङ्ख्या बढाउन र आफ्नो तर्फबाट सवारी साधनहरू बढाउँदै गएको जानकारी चिन पठाइृएको छ ।
नेपालतर्फ अहिले भइरहेका ४९ जना नै सुतेर बस्नु परिरहेको अवस्था छ । आधा दिनमा नै सम्पूर्ण काम सिद्धिरहेको छ । काम नभएकाले होटलमा बसेको खर्च लागिरहेको भन्दै कामदारहरूले रसुवागढी भन्सार कार्यालयमा आयात बढाउन माग गर्दै आएका छन् । नेपाली पक्षसँग सामाग्री आयात गर्नको लागी पर्याप्त चालक र श्रमिक रहेको भन्दै सामाग्र निर्यात बढाउन चिनियाँ पक्षलाई प्रमुख जिल्ला अधिकारी मार्फत पत्राचार गरेको छ ।
रसुवागढी भन्सार कार्यालयले सामाग्री आयातको लागी आबाश्यक सबै बन्दोबस्ति मिलाईसक्दा पनी न्युन सामाग्र आयात हुँदा सबे पक्षलाई मर्का परेको भन्सार प्रमुख खड्काको भनाई छ ।
त्यहाँ चिनियाँ पक्ष र नेपाली पक्षबीच श्रमिक र चालकहरूको कोरोनाभाइरस परीक्षणको विषयलाई लिएर पनि मतभेद रहेको छ । सुरूमा प्रत्येक साता सबै श्रमिक र चालक दलका सदस्यहरूको पीसीआर परीक्षणको रिपोर्ट माग गरेको चिनियाँ पक्षले अहिले प्रत्येक दुई सातामा त्यस्तो रिपोर्ट माग गर्दे आएको छ ।
तर सबै श्रमिक र चालकदलका सदस्यहरू एक्लिएर बसिरहेको र ज्वरो लगायत उनीहरूको दैनिक स्वास्थ्य विश्लेषण चिनियाँ पक्षलाई उपलब्ध गराइरहेको भन्दै नेपालले लक्षण भएमात्रै जाँच गर्ने बताइरहेको भन्सार प्रमुख खड्काले जानकारी दिनु भयो ।
यो वर्ष ११ अर्ब ३३ करोड रुपियाँ राजश्व उठाउने लक्ष्य लिएको रसुवा भन्सार कार्यलय हालसम्म ९२ करोड रूपैयाँमात्रै राजश्व उठाउन सकेको छ । झण्डै १० महिनादेखिको समस्याका कारण झण्डै २० अर्ब मूल्य बराबरका सामग्री चीनतर्फ थन्किएको नेपाल चीन हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष बच्चु पौडेलको भनाई छ ।



तपाईको प्रतिक्रिया