Techie IT
×
गृहपृष्ठअर्थहोटल ब्यबसायिको ज्ञापन पत्र

होटल ब्यबसायिको ज्ञापन पत्र


बिदुर/होटल तथा रेष्टुरेण्ट ब्यबसायि संघ नुवाकोटले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
लामो समयको बन्दा बन्दि पछि बिस्तारै उठ्दै गरेको होटल ब्यबसाय बेलुका ९ बजे बन्द गर्नुपर्ने निर्णयको बिरोध गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो । कोभिडका कारण अस्तब्यस्त बनेको होटल ब्यबसायलाई चलायमान बनाउदै, राज्यले लिएको मौद्रिक निति अनुसार ब्यबसायिहरुलाई राहत दिने बिषय, होटल सञ्चालन गर्ने समयतालिका राति ९ बजेबाट बढाई ११ बजे सम्म लागु गर्ने, आबाश्यक निर्देशन तथा अनुगमन गर्ने कार्यमा सहजिकरण गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाएको होटल तथा रेष्टुरेण्ट ब्यबसायि संघ नुवाकोटले जनाएको छ ।
ज्ञापन पत्र बुझाउदै होटल तथा पर्यटन ब्यबसायि संघ बाग्मती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले होटल सञ्चालन गर्ने समायाबधि राति ११ बजे सम्म पुराउनको लागी आग्रह गर्नु भयो । अहिले नुवाकोट हुँदै सञ्चालनमा रहेको त्रिदेशिय मार्ग, अन्तराष्ट्रिय ब्यापारिक नाका रसुवागढीबाट नागरिकहरुको ओहोर दोहोर बढेको र सडक स्तरउन्नतीका कारण बिचमा रोकिनु पर्दा समस्यामा परेका नागरिकरु भोकै यात्रा गर्नुपर्ने समस्याको समाधानको लागी समेत होटल तथा गेष्टहाउसहरु राति अबेर सम्म सञ्चालन गर्न पाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी जिबनप्रसाद दुलाले जिल्ला सुरक्षा समितिको बैठकमा होटल सञ्चालन गर्ने समयाबधिको बिषयलाई सम्बोधन गर्ने बताउनु भयो । होटल क्षेत्र सञ्चालन हुँदा त्यससँगै पर्ने नकरात्मक बिषयहरुको समेत समिक्षिा गरेर समयाबधि तय गर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा होटल तथा रेष्टुरेण्ट ब्यबसायिहरुले सडक क्षेत्रमा रहेका होटल तथा गेष्टहाउसहरु २४ सै घण्टा सेवा प्रबाह गर्न तत्पर रहेको बताएका छन् । कोरोना संक्रमणबाट बिस्तारै उठ्दै गरेको होटल क्षेत्रको समस्यालाई समाधान गरि समयाबधिको बिषयमा पुनराबलोकन गरिदिन आग्रह गरेका छन् ।

 



तपाईको प्रतिक्रिया