Techie IT
×
गृहपृष्ठसमाचारउप्रेती सहित १० जना केन्द्रिय सदस्य

उप्रेती सहित १० जना केन्द्रिय सदस्य


बिदुर/अनेरास्ववियु केन्द्रिय कमिटीमा नुवाकोट तादी गाँउपालिकाका निखिल उप्रेती मनोनित हुनु भएको छ ।
केन्द्रिय कमिटिको बैठकले उप्रेती सहित नुवाकोटका १० जना बिद्यार्थि नेतालाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । गत चैत्र १० गतेको केन्द्रिय भेलाले उनिहरुलार्य केन्द्रिय सदस्यमा मनोनित गरेको हो । अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्यमा नुवाकोटका निखिल उप्रेती, सरोज नेपाली र श्याम अधिकारी सहित १० जना विद्यार्थीहरु केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका हुन ।
अनेरास्ववियु केन्द्रिय कमिटी सदस्यमा राजन ढकाल, ओम प्रकाश श्रेष्ठ, सुजन कार्की,रुपक रिजाल, विशाल केसि, देवेन्द्र तामाङ, र प्रल्हाद पाठक मनोनित भएका छन ।
अनेरास्ववियुको गत चैत १० गतेको राष्ट्रिय भेलाले उनिहरुलाई चयन गरेको हो ।



तपाईको प्रतिक्रिया