Techie IT
×
गृहपृष्ठसमाचारनुवाकोट १० दिन बन्द

नुवाकोट १० दिन बन्द


नुवाकोटमा १० दिनको लागी निष्ोधआज्ञा जारी भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले सुरुमा १० दिनको लागी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । त्यस भन्दा अगाडी बसेको कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकले जिल्लामा शक्रिय संक्रमितको संख्या बढेको र समुदाय तहमा संक्रमणको भयाबह फैलिएको भन्दै जिल्ला भर निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो ।संकट ब्यबस्थापन केन्द्रले गरेको सिफरिसकै आधारमा जिल्ला भर निषेधाज्ञा जारी गरेको हो ।

कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकले गरेको निर्णयहरु ।
कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको सिफरिसुको आधारमा सुरक्षा समितिको बैठकले २० गते देखि बैशाख ३१ ग्ते सम्मलाई निषेधाज्ञा जारी गरेको छ । जिल्ला भित्र दैनिक रुपमा दुइृ दर्जन भन्दा बढि ब्यक्तिहरुमा संक्रमण पुष्टि हुन थाले पछी लकडाउन गर्ने बिषयमा छलफल सुरु भएको थियो । केहि दिन अगाडी मात्रै बसेको बैठकले केहि समय लकडाउन नगर्ने निर्णय गरेको थियो । तर संक्रमितको दर बढ्न थालेको र समुदाय स्तरमा संक्रमण तिब्र गतिमा फैलन थाले पछी जिल्ला संकट ब्यबस्थापन केन्द्र लकडाउन गर्ने स्थितिमा पुगेको हो । यस्तै, बैठकले नुवाकोट भित्रिने सबै नाका कडाई गर्न थालेको छ । नुवाकोट भित्रिने बिशेष नाकाहरु केल्पुटार, गुर्जे र ककनी नाकामा कडाई सुरु भएको छ । यसका साथै, बेत्रावतीमा समेत नाका कडाई गर्ने भएको छ । यसका साथै, स्थानिय तहमा रहेको कोरोना संक्रमण पहिचान तथा ब्यबस्थापन समितिलाई क्रियाशिल बनाउने निर्णय गरेको छ ।
वैठकले जिल्लामा सभा, जुलुस, र्याली, भेला, महोत्सव, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्ने र नगराउने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले कार्य क्षेत्रमा कृयाशिल रहँदा जनस्वास्थ सुरक्षाको मापदण्ड पालना गर्न, मास्क, स्यानिटाईजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न सबैमा अनुरोध गर्ने र स्थानिय अनलाईन संचारमाध्यमार्फत कोरोनाबारे जनचेतनामुलक सन्देशहरु प्रशारण गर्ने गराउने निर्णय गरेको छ ।

 



तपाईको प्रतिक्रिया