Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशलुट्दै छ त्रिशुली अस्पताल

लुट्दै छ त्रिशुली अस्पताल


त्रिशुली अस्पताल नुवाकोटबाट सञ्चालन भैरहेको एम्बुलेन्सको भाडादर महङगो भएको छ ।
जिल्ला भित्रै रहेका अन्य एम्बुलेन्सहरुले ५ हजार रुपैयाामा काठमाण्डौको भनेकै अस्पतालमा पु¥याउने गरे पनी त्रिशुली अस्पताल नुवाकोटले सञ्चालन गरेको एम्बुलेन्सको भाडादर भने महङगो रहेको छ ।
बाग्मती प्रदेश सरकारबाट अनुदानमा आएको एम्बुलेन्स सञ्चालनको लागी महङगो भाडादर तोकिएको भन्दै आलोचना हुन थालेको छ । जिल्लामा रहेको एम्बुलेन्स सञ्चालन नियामक समितिले नुवाकोटबाट काठमाण्डौ पुगेको ४५ सय रुपैयाँ भाडादर कायम गरेको छ । यसमा अतिरिक्त सडक मार्गको समइा भन्दे थप ५ सय रुपैयाँ गरेर जम्मा ५ हजार रुपैयाँ मात्रै सेवा शुल्क लिन पाउने निर्णय गरेको छ । तर, त्रिशुली अस्पताल नुवाकोटले सार्बजानिक सुचना जारी गर्दै प्रदेश सरकारबाट निःशुल्क प्राप्त एम्बुलेन्सको सामान्य भाडादर सात हजार पाँच सय रुपैयाँ र थप सुविधा प्रयोग गरेमा थप शुल्क समेत गरेर ९ हजार पाँच सय रुपैयाँ कायम गरेको छ ।
प्रदेश मातहतमा रहेको अस्पतालको सेवा बृद्धि गर्ने उदेश्यले बाग्मती प्रदेशले त्रिशुली अस्पताल नुवाकोटलाई ख बर्गको एम्बुलेन्स उपलब्ध गराएको हो । प्रदेशले उपलब्ध गराउने एम्बुलेन्समा चालक, आबाश्यक जनशक्ति, मर्मत लगायत सबै शिर्षकमा बाग्मती प्रदेशबाट बजेट आउने गर्दछ । सरकारी राज्यकोषबाट पुर्ण रुपमा सञ्चालनमा रहेको एम्बुलेन्सको भाडादर भने निजि क्षेत्रको भन्दा महङगो रहेको छ ।



तपाईको प्रतिक्रिया