Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशतयार बनायो तादीले २० आईसोलेसन

तयार बनायो तादीले २० आईसोलेसन


बिदुर/कोरोना रोगको सङ्क्रमणको दर बढ्दै गएसगैँ नुवाकोटको तादी गाउँपालिकाले उपचारको लागी २० शैयाको ओइशोलेसन कक्ष तयार गरेको छ । अरु स्थानिय तहहरु कोरोना संक्रमण नियन्त्रणमा के गर्ने भन्ने अन्यौलमा रहदै गर्दा तादी गाँउपालिकाले भने अक्सिजन सहितको २० शैया आईसोलेसन तयार बनाएको छ ।
पालिकामा समुदाय सम्म कोरोनाको सङ्क्रमण देखिएसगैँ रोग नियन्त्रणको लागी अहिले तत्कालको लागी २० शययाको आइशोलेसन कक्ष तयार गरेर सङ्क्रमितको उपचार गर्न तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे जानकारी दिनुभएको छ । उहाँका अनुसार दिनप्रतिदिन बढ्दै गएको कोरोना रोग नियन्त्रण गर्न तादी गाउँपालिका लगायत आसपासलाई समेत उपलब्ध गराउन खरानीटार अस्पतालमा अक्सिजन सहितको आइशोलेसन शैया तयार गरिएको हो ।
कोरोना सङ्क्रमणको दरमा देखिएको बृद्धिसगैँ खरानीटार अस्पतालमा स्वाव सङ्कलन गरेर परीक्षणको लागी पठाउने ब्यवस्था समेत मिलाइएको छ । अध्यक्ष पाण्डेका अनुसार रोगको लक्षण देखिएका तादी गाउँपालिकावासी सहित छिमेकी स्थानीयतहका बासिन्दाको लागी समेत सेवा दिन चिकित्सक सहितको टोलि आईसोलेसन कक्षमा रहेको बताउनुभयो ।
बुधबार गरिएको २२ जनाको पिसिआर परीक्षणमा तादी गाउँपालिकामा १२ जना थपिएसगैँ सक्रिय सङ्क्रमितको सङ्ख्या यहाँ २१ पुगेको छ ।
यसैबीच तादी गाउँपालिका अन्तरगतको स्वास्थ्य शाखामा कार्यरत एकजना कर्मचारी सहित पालिकाको केन्द्र आसपासको बजार क्षेत्रका बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएसगैँ बुधबारदेखि अनिश्चित समयको लागी पालिका र मातहत कार्यालयको अतिआवश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण थापाले बुधबार जारी गरेको सूचना अनुसार रोगको सङ्क्रमण बृद्धिहुदै गएकाले अनिश्चित समयको लागी गाउँपालिकाको कार्यालय सहित छ वटा वडा कार्यालय, विभिन्न शाखा कार्यालयको अतिआवश्यक बाहेकको सेवा बन्द गर्न भनिएको छ । अति आवश्यक सेवा चलाउन कोरोना रोगबाट बच्न तोकिएको मापदण्डको पालना गरेर आलोपालो गरेर बिहानदेखि बेलुकासम्म सेवा उपलब्ध गराउन दुई समूह बनाइएको छ ।



तपाईको प्रतिक्रिया