Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकवर्ड हलमा ५० बेडको आईसोलेसन

कवर्ड हलमा ५० बेडको आईसोलेसन


विदुर/कोभिड–१९ वाट संक्रमित विरामिहरुका लागि विदुर नगरपालिका द्वारा बट्टारको कवर्ड हलमा ५० बेडको आईसोलेसनको लागि तयारी सुरु गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिदै गरेको कोरोना भाईरसका कारण विरामि वढ्दै जाने स्थितिमा अस्पतालमा वेडको अभाव हुनसक्ने सम्भावनालाई मध्ये नजर गर्दै नगरपालिकाले तयारि स्वरुप हाललाई ५० बेडको आईसोलेसन कक्ष तयारी रुपमा राख्न लागिएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताउनु भयो ।
नगर प्रमुख पण्डितका अनुसार तिव्र गतिले फैलिदै गईरहेक महामारीलाई नियन्त्रण गर्न कवर्ड हलमा विदुर नगरपालिकाका कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारको लागि सहज वातावरण सिर्जना होसभन्ने उदेश्यले आईसोलेसन कक्ष तयारी गरिएको उहाँले बताउनु भयो ।
विरामी राख्ने आईसोलेसन कक्षमा पानी, बत्ती, टेलिभिजन, ईन्टरनेट ,पत्रपत्रिका, शौचालय लगायतका आधारभूत आवश्यकताको व्यवस्थापन गराई तत्काल तयार गर्नुका साथै कार्यलयको स्वास्थ शाखाको मातहतका कर्मचारीहरु लाई समेत खटाउने विदुर नगरपालिकाका प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनीले जानकारी दिनुभयो ।
कोरोना संक्रमणका कारण बिदुर नगरपालिकाका धेरै नागरिकहरु संक्रमित भएका छन् । उनिहरुलाई आईसोलेसनमा राख्नुपर्ने अबस्था आएमा स्वास्थ्यकर्मिको निगरानि सहित राखिने बिदुर नगरपालिकाले जनाएको छ । हाललाई ५० शैयाको आईसोलेसन निर्माण सुरु गरे पनी कभड हलमै १ सय २० शैयाको निर्माण गर्न सकिने बताएको छ ।
यस्तै, पहिलो चरणको कोरोना भाईरसको संक्रमणको समयमा निर्माण भएको क्वारेनटाईनलायृ समेत बिदुर नगरपालिकाले आर्यसोलेसन बनाउने तयारी गरेको छ । शैक्षिक तालीम केन्द्र त्रिशुली, त्रिशुली जनसेवा क्लिनक लगायतमा १ सय शैयाको थप आईसोलेसन कक्ष निर्माण गर्न सकिने छ । त्यसको लागी समेत बिदुर नगरपालिका स्वासथय शाखाले काम गरिरहेको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिनु भयो ।



तपाईको प्रतिक्रिया