Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाजेठ ३ सम्म निषेधाज्ञा

जेठ ३ सम्म निषेधाज्ञा


नुवाकोटमा आगामी जेठ ३ गतेसम्म निषेधाज्ञाको समय लम्बिएको छ ।
जिल्लामा दैनिक ५० जना भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि निषेधाज्ञाको समय एक साता थप भएको छ । वैशाख २१ गतेबाट कायम निषेधाज्ञाको समय सकिन एक दिन अघि नै नुवाकोटमा जेठ ३ गतेसम्म निषेधाज्ञा लम्ब्याईएको हो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञामा पनि सडकमा सर्वसाधारणको आवातजावत देखिएको, सवारी साधनहरु निर्वाध रुपमा गुडेको निष्कर्ष निकाल्दै दोस्रो चरणमा थप कडाईं गर्न जिल्ला सुरक्षा समितिलाई अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै संक्रमणको दर उच्च रहेकाले एक साताको लागी निषेधाज्ञा थप गरेको हो । कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो । यस्तै, निषेधाज्ञाको समयमा बजार षेत्रमा रहेको भहलपहललाई समेत न्युनिकरण गर्न सुझाब दिएको छ । जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले समन्वय गरेर बजार क्षेत्र सुनसान बनाउन संकट ब्यबस्थापन केन्द्रले आग्रह गरेको हो । दोश्रो लहरको पहिलो एक साता निषेधाज्ञामा बजारमा कायमनै रहेको भहलपहलले संक्रमण रोकथामको लागी खासै ठुलो प्रभाब नपारेको निष्कर्ष निकालेको छ । थपिएको एक साताको निषेधाज्ञामा भने बजार क्षेत्रमा कडाई गर्न प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई निर्देशन दिनु भएको छ ।
प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख भएका बिषय बाहेकका सबै गतिबिधिहरु पुर्ण रुपमा रोक लगाउन प्रमुख जिल्ला अधिकारी जिबनप्रसाद दुलाले निर्देशनदिनु भएको छ । तोकिएको समयमा पसलहरु सञ्चालन गर्ने र अनाबश्येक सबारी तथा नागरिकहरु सडकमा निस्किएमा संक्रामक रोग एैन अनुसार कारबाहि गर्न निर्देशन दिनु भएको छ ।



तपाईको प्रतिक्रिया