Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशसंक्रमणले गाँज्दै नुवाकोट

संक्रमणले गाँज्दै नुवाकोट


बिदुर / नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७४ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।
संक्रमितहरुमध्ये सबैभन्दा धेरै र नगरपालिकामा रहेका छन् । अहिले सम्म नगरपालिकामा मात्रै १ हजार ६० जनामा संक्रमण पुष्टि भैरहेको छ । त्यस्तै बेलकोटगढी नगरपालिका १ सय ६० जना संक्रमित पुगेका छन् । किस्पाङ गाँउपालिकामा ८० जना, लिखु गाउँपालिकामा ६५ जना रहेका छन् । तारकेश्वर र तादी गाँउपालिकामा समान ६९ जना संक्रमितको पुष्टि भएको छ । शिवपुरी र ककनीमा समान ३८÷३८ जना संक्रमित पुगेको स्वासथ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यता, सुर्यगढी गाँउपालिकामा ७६ दुप्चेश्वर गाँउपालिकामा ४७, पञ्चकन्या गाँउपालिकामा ३८ र म्यागङ गाँउपालिकामा २३ जना संक्रलमितको पहिचान भैसकेको छ । हाल सबै स्थानिय तहमा रहेका नागरिकहरुमा कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएकाहरु सबैको स्वाब संकलन भैरहेको छ । दैनिक रुपमा स्थानिय तहले संकलन गरेका स्वाबको त्रिशुली अस्पताल नुवाकोटमा रहेको पिसिआर प्रयोगशालामा परिक्षण हुँदै आएको छ ।
त्रिशुली अस्पताल नुवाकोटमा रहेको पिसिआर प्रयोगशालामा नुवाकोट, रसुवा र धादिङ गरि तिन वटै जिल्लामा संकलन भएका स्वाबको परिक्षण हुँदै आएाके त्रिशुली अस्पताल नुवाकोटले जनाएको छ । स्पास्थ्य कार्यालय नुवाकोटका अनुसार अहिले त्रिशुली अस्पतालको आईसोलेसनमा २६ जना रहेका छन् । यस्तै, स्थानिय तहहरुले निर्माण गरेको आईसोलेसन सेन्टरमा ६ जना र बाँकि सबे होम आईसोलेसनमा रहेको जनाएको छ ।
नुवाकोटमा कोरोना संक्रमणको दोश्रो लहरको प्रकोप अत्याभिब बडेसँगै सरोकारवाला निकायहरुले सुरक्षितता अपनाउन थालेका छन् । अहिले त्रिशुली अस्पताल नुवाकोटमा ४० बेडको आईसोलेसन कक्ष निर्माण गरेको छ । यसका साथै आईसियु ६ र हाई कियर युनिट ४ वटा रहेको बताइृएको छ । यस्तै, स्थानिय तहहरुले जिल्ला चिब १ सय १५ कक्षको आईसोलेसन कक्ष तयार बनाएका छन् । नसमा बिदुर नगरपालिकाले ५०, तादी गाँउपालिकाले २०, शिबपुरी गाँउपालिकाले २०, दुप्चेश्वर गाँउपालिकाले १० कक्षको आईसोलेसन तयार बनाएको छ । बाँकि स्थानिय तहहरुले समेत आबाश्यक्ताको पहिचान गरि आईसोलेसन निर्माण गर्ने स्थान र सामाग्रीको जोहो गरि सकेका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार ६ सय ६३ पुगेको छ । यस्तै पद्धिल्लो २४ घण्टामा जिल्लाका ४ जना कोरोनजा संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यस्तै नुवाकोटमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या १२ सय २८ पुगेको छ ।
नुवाकोटमा हालसम्म १० हजार ८ सय १६ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । नुवाकोटमा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाको ज्यान गएको छ ।



तपाईको प्रतिक्रिया