Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशभिड्दै छ बिदुर नगरपालिका

भिड्दै छ बिदुर नगरपालिका


बिदुर/बिदुर नगरपालिकाले कोरोना संक्रमणको दोश्रो भेरियण्ट बिरुद्धको लढाईलाई तिब्र बनाएको छ ।
कोरोना संक्रमितहरुको पहिचान, ओसार पसार तथा उपचार, र आईसोलेसनमा राख्ने देखि पुर्बाधार बिकास सम्ममा नगरपालिका तिब्र बनेको छ । कोभिड–१९ को दोस्रो लहर ( नया भेरियन्ट) सुरु भएसगै नगरपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुलाई आबाश्यक्ताको आधारमा आईसोलेसन कक्ष निर्माण गर्न सक्ने पुर्बाधारको बिकास गरेको छ । नगरपालिकाले १३ वटै वडामा रहेका स्वास्थ्यकर्मिहरुलाई कोरोना बिरुद्धको लढाईमा खटाएको छ । सबै क्षेत्रमा रहेका कर्मचारीहरु संक्रमण बिरुद्धको अभियानमा होमिदै नगर भित्र रहेका नागरिकहरुको सुरक्षामा नगरपालिका सक्षम रहेको नगर प्रमुख सञ्जु पण्डितले बताउनु भयो । नगरपालिका भित्र रहेका सबै नागरिहरुको रक्षा गर्नु आफ्नो दायित्व रहेको बताउदै उहाँले कोरोना संक्रमणको उपचार सबै नागरिकहरुले पाउने ब्यबस्था नगरपालिकाले तय गरेको  बताउनु भयो ।
बिदुर नगरपालिकाले आफ्नो भुगोलमा रहेको प्रादेशिक अस्पताल त्रिशुली अस्पताल नुवाकोटलाई संक्रमण बिरुद्धको अभियानमा होमिनको लागी आबाश्यक सम्पुर्ण सहयोग उपलब्ध गराउदै आएको बिदुर नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले बताउनु भयो ।
संक्रमणको जोखिम दिनानुदिन बढ्दै गएकाले कर्मचारी ब्यबस्थापन, एम्बुलेन्स ब्यबस्थापन र आबाश्यक सामाग्री खरिदको लागी समेत नगरपालिकाले त्रिशुली अस्पताललाई सहयोग गर्दै आएको छ ।

यस्तै, बिदुर नगरपालिकाले नगरक्षेत्रमा रहेका अस्पतालहरुसँग सम्झौता गरि आईसोलेसन कक्ष निर्माणलाई तिब्र बनाएको छ । सुरुमा नगरपालिकाले बिदुरमा रहेको नुवाकोट सिटी सामुदायिक अस्पताल संग १५ बेडको आइसोलेसन अस्पताल बनाउन समझौता गरि उपचार गर्न सुरु भएको छ ।

वडा वडामा पुगेर स्वाब संकलन गर्दै बिदुर नगरपालिका 

यस्तै, बाँकि निजि अस्पतालहरुसँग समेत सम्झौताको लागी छलफल भैरहेको नगरपालिकाले जनाएको छ । अरु निजी अस्पताल संग समझौता गरि आईसोलेसन संख्या थप गर्दै लैजाने नगरपालिकाले योजना बनाएको छ ।
यस्तै, बिदुर नगरपालिकाले वडा नमबर २ बट्टारमा रहेको नुवाकोट तेकवान्दो कभर्ड हलमा हाल २२ बेडको आइसोलेसन वार्ड संचालन गरेको छ । ५० बेड सम्म आईसोलेसन बनाउन पुग्ने संरचना रहेको र आबाश्यक सामाग्री समेत नगरपालिकाले ब्यबस्थापन गरिसकेको छ ।

बिदुर २ बट्टार स्थित कर्भडहलमा नगरपालिकाले तयार बनाएको आईसोलेसन सेन्टर ।

आबाश्यक परेको खण्डमा नगरपालिका मातहतमा रहेका हेल्थपोष्ट र त्रिशुलीमा रहेको त्रिशुली जनसेवा क्लिनिकलाई थप आइसोलेसन सेन्टर निर्माण गर्ने तयारीमा नगरपालिका रहेको बिदुर नगरपालिकाका जनस्वास्थय निरिक्षक एवं कोभिड फोकल पर्सन रामराजा भण्डारीले बताउनु भयो ।

नगरपालिकाको भुगोल क्षेत्र धेरै रहेकाले संक्रमितहरुको ओसारपसार तथा उपचारको लागी ३ वटा एम्बुलेन्सलाई तयारी अबस्थामा राखेको छ । संक्रमित भएका नागरिकहरुको घरबाट नगरपालिकाको आईसोलेसन सेन्टर र अस्पतालसम्म सहजिकरण गर्नको लागी नगरपालिकाले ३ वटा एम्बुलेन्ससँग सम्झौता गरि तयारी अबस्थामा राखेको बिदुर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत मोहनप्रसाद मरासैनिले जानकारी दिनु भयो ।

संक्रमित ओसारपसारको लागी बिदुर नगरपालिकाले तयारी अबस्थामा राखिएको एम्बुलेन्स ।

कन्ट्रयाक ट्रेसिङ गर्न हरेक दिन ५ वटा हेल्थपोष्टमा एन्टिजेन परिक्षण र स्वाब संकलन गर्दे आएको छ ।

कोरोना संक्रमणको दोश्रो लहर समुदाय तहमा देखिएसँगै संक्रमित कोही नछूटोस र संक्रमित को सम्पर्कमा आएका ब्यक्ति, संक्रमित स्थान बाट आएका ब्यक्तिहरूको कन्ट्रयाक ट्रेसिङ गर्न हरेक दिन ५ वटा हेल्थपोष्टमा एन्टिजेन परिक्षण र स्वाब संकलन गर्दे आएको छ । हाल नगरपालिकामा रहेका सबैै हेल्थपोष्टमा स्वाब संकलन तथा एन्टिजेन परिक्षणका लागी तालिम प्राप्त दक्ष प्राबिधिक स्वास्थ्यकर्मि नगरपालिकाले परिचालन गरेको छ ।

अहिले सम्म बिदुर नगरपालिकाले कोरोना संक्रमणको दोश्रो लहर देखिएसँगै ५ सय ५५ जनाको स्वाब संकलन गरि परिक्षण सम्पन्न गरेको छ । जसमा ४ सय ५४ जनाको नतिजा आईसकेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नतिजा सार्बजानिक भएका मध्य २८३ जानामा संक्रमण पुष्टि भएको छ । यस्तै, ५३ जाना को एन्टिजेन परिक्षण बाट ५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । नगरपालिकाले संकलन गरेको २ सय १० जनाको स्वाब परिक्षणको क्रममा रहेको बिदुर नगरपालिकाका जनस्वास्थय निरिक्षक एवं कोभिड फोकल पर्सन रामराजा भण्डारीले बताउनु भयो ।

बिदुर २ बट्टार स्थित कर्भडहलमा निर्माण गरेको आईसोलेसन सेन्टरको निरिक्षण गर्नुहुँदै नगर प्रमुख सञ्जु पण्डित ।

यसका साथै, बिदुर नगरपालिकाले सबै वडामा स्वास्थ्य संस्थाको पँहुच निर्माण गरि रहेको छ । बाँकि रहेका वडामा समेत स्वासथ्य केन्द्रको स्थापना गर्न नगरपालिका अग्रसर भएको छ । बिदुर नगरपालिकाको वडा नम्बर १, १० र ४ मा स्वासथय संस्थाको पँहुच स्थापि गर्ने क्रममा रहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । अबको एक साता भित्र नगरपालिकाको सबै वडामा स्वास्थय संस्थाको पँहुच स्थापित हुने बताईएको छ ।

 

 



तपाईको प्रतिक्रिया