Techie IT
×
गृहपृष्ठअर्थऔधोगिक ग्राम स्थापना हुँदै

औधोगिक ग्राम स्थापना हुँदै


बिदुर नगरपालिका वडा नम्बर १० मा औधोगिक ग्राम स्थापना हुने भएको छ ।
साबिक गेर्खु गाबिस वडा नम्बर ३ को शुभघाटमा रहेको १ सय ८३ रोपनी जग्गा क्षेत्रफलमा औधोगिक ग्राम स्थापना हुन लागेको बिदुर नगरपालिकाले जनाएको छ । उद्ययोग मन्त्रालयले औधोगिक ग्रामको अध्यन गरि मन्त्रि परिषदमा पेस गरेको छ । आबाश्यक प्रकृया पुरा गरि औधोगिक गम स्थापनाको लागी मन्त्रि परिषदमा पेस भएको बिदुर नगरपालिकाले जनाएको छ । नुवाकोटमा औधोगिक ग्राम स्थापनाको लागी यसै आर्थिक बर्षमा १ करोड बजेट समेत उद्ययोग मन्त्रालयले बिनियोजन गरेको छ ।
हाल तत्कालै ४७ रोपनी क्षेत्रमा औधोगिक ग्रामको लागी पुर्बाधार बिकास हुनेछ । मन्त्रिपरिषदको निर्णयसँगै बिदुर नगरपालिका मार्फत औधोगिक ग्रामको पुर्बाधार बिकास सुरु हुने बिदुर नगरपालिकाले जनाएको छ । उद्योग मन्त्रालयको औधोगिक ग्राम सम्बिन्ध निर्देशिका अनुसार उधोग ग्राममा साना तथा मझौला उद्ययोग मात्रै स्थापना गर्न पाउने प्राबधान रहेको छ ।
निर्देशिका अनुसार ग्राम भित्र उद्योग स्थापनाको लागी सुची दर्ता भइृ पास भएसँगै उद्ययोगको बाहिरि संरचना औधोगिक ग्रामले नै निर्माण गरिदिने छ । सिमित तोकिएको रकम तिरेर ग्राम भित्र साना तथा मझौला उद्ययोग सञ्चालन गर्न पाउने बिदुर नगरपालिकाले जनाएको छ ।



तपाईको प्रतिक्रिया