Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकोरोना संक्रमितको घरघरमा युवा क्लब

कोरोना संक्रमितको घरघरमा युवा क्लब


बिदुर ७ तुप्चे/ नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ७ मा रहेको जनजागृत युवा क्लबले कोरोना महामारीको समयमा पनि कोरोना संक्रमितको घरघरमा पुगेर विरामीलाई स्वासथ्य सामाग्री र पोषणयुक्त खाद्य्य पदार्थ बितरण गरि रहेको छ ।
बिदुर नगरपालिका वडा नम्बर ७ मा रहेका सबै कोरोना संक्रमितहरुको लागी क्लबले अस्पताल वा आईसोलेसन सेन्टरमा जानु पर्ने संक्रमितहरुलाई एम्बुलेन्स भाडा बापतको १ हजार रुपैयाँ समेत दिदै आएको जनजागृत युवा क्लबका सचिब दामोदर पौड्यालले जानकारी दिनु भयो ।
क्लबले अहिले कोरोना संक्रमितको घरघरमा पुगेर माक्स, सेनिटाईजर, भिटामिन, थर्माेमिटर लगायतका सामाग्री उपलब्ध गराउदै आएको छ । यसका साथै क्लबले आफ्नो वडामा रहेका सबै संक्रमितहरुको तथ्याङक समेत राख्ने गरेको छ । दैनिक रुपमा संक्रमितसँगको सम्पर्क गरि उनिहरुको स्वास्थ्य अबस्थाको बिषयमा समेत जानकारी राख्ने गरेको छ । होम आईसोलेसनमा रहेका संक्रमितहरुमा कुनै समस्या देखिएमा तत्कालै बिदुर नगरपालिका, वडा कार्यालयसँग समन्वय गरेर उनिहरुलाई आईसोलेसन सेन्टर वा त्रिशुली अस्पताल सम्म लैजान सहजिकरण गर्दे आएको जनजागृत युवा क्लबका अध्यक्ष राजकुमार रिजालले जानकारी दिनु भयो ।
क्लबले वडामा कोरोना पोजेटिभ भएकाहरुको घरमा तथा स्थानिय सरकारले निर्माण गरेको आइसोलेसनमा रहेका संक्रमितहरुलाई स्वास्थ्य सामाग्री र पोषण युक्त दानेकुराहरु उपलब्ध गराएको हो । क्लबका युवाहरुले स्वास्थ्य सतर्कता अपनाउदै स्थानिय सरकारले गर्नुपर्ने काममा सहयोग गर्दै आएका छन् ।
कोरोना संक्रमणका कारण घरमै आईसोलेटेड भएर बसेका संक्रमितहरुमा क्लबको कामले हर्षित भएका छन् । घर बाहिर निस्कन नपाएको समयमा घरमै आएर स्वास्थ्य अबस्थाको जानकारी लिने र आबाश्यक सहजिकरण गर्न थाले पछी युवाहरुको कामले समुदायका नागरिकहरुमा सकरात्मक प्रभाब पर्न थालेको छ ।
कोरोना संक्रमितहरुको घरमै पोषणयुक्त खाने कुरा र स्वास्थ्य सामाग्री आएपछि संक्रमितहरु समेत खुशी भएका छन् । मानिसहरु एकले अर्काेलाई छुन र नजिक आउन डराइरहेको अवस्थामा क्लबको टोली घरघरमा पोषणयुक्त खाने कुरा र स्वास्थ्य सामाग्री सहित आइपुगेपछि आफुहरुको आत्मवल बढेको एक स्थानिय कोरोना संक्रमितले बताउनु भयो ।
जनजागृत युवा क्लबले संकलन गरेको तथ्याङक अनुसार अहिले बिदुर नगरपालिका वडा नम्बर ७ मा जम्मा ३२ जना संक्रमित रहेका छन् । उनिहरु मध्ये १९ जनामा संक्रमण निको भैसकेको जनाएको छ । शक्रिय संक्रमितको संख्या अहिले वडा नम्बर ७ मा १३ जना रहेका छन् । युवा क्लबा आबद्ध रहेका युवाहरु गाँउ सर्च अभियानमा खटिई संकलन गरेको तथ्याङक रहेको क्लबले जनाएको छ । क्लबले सञ्चालन गरेको अभियानमा अहिले बिभिन्न स्थानबाट नागरिकहरुले सहयोग गरि रहेका छन् ।



तपाईको प्रतिक्रिया