Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशसंक्रमितको संख्या घट्दो

संक्रमितको संख्या घट्दो


बिदुर/नुवाकोट जिल्लामा कोरोना संक्रमित र निको हुनेको दर संख्या बढ्दो छ ।
नुवाकोट जिल्लामा सबैभन्दा विदुर नगरपालिकामा कोरोना संक्रमण बढ्दो छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हरेक ९० जनामा एक जना सङ्क्रमित भईरहेको तथ्यांक छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार विदुर नगरपालिकामा हालसम्म एक हजार ४ सय ४४ जना कोरोना संक्रमित छन् । नगरमा ७१५ महिला र एक हजार ९१२ पुरुष गरी नगरमा दुई हजार ६२७ जनाको स्वाब परीक्षण गरिएको छ । तीमध्ये अहिले १०५ महिला र १६५ पुरुष गरी २७० जना होम आइसोलेसनमा बसेको तथ्यांक छ ।
विदुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीकाका अनुसार कोरोनाभाइरस महामारीको दोस्रो लहर (भेरियन्ट) यता चैत्र २४ गतेदेखिको तथ्यांकअनुसार नगरका १३ वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । उहाँका अनुसार दोस्रो भेरियन्टयता जेठ १३ गतेसम्म नगरका सबै वडामा ६ सय ५६ जना सङ्क्रमित भएका छन् ।
सबैभन्दा बढी वडा नम्बर दुईमा १ सय ५ जना सङ्क्रमित भएका छन् भने सबैभन्दा कम वडा नम्बर ६ मा २१ जना सङ्क्रमित भएको छन् । कोरोनाभाइरस महामारीको पहिलो लहरमा विदुर नगरका ७८८ जना सङ्क्रमित भएको तथ्यांक छ ।
तथ्यांकअनुसार विदुर नगरपालिकाको वडा नम्बर १ मा ३२ जना, वडा नम्बर ३ मा ३२ जना, वडा नम्बर ४ मा ९९ जना, वडा नम्बर ५ मा २६ जना सङ्क्रमित भएका छन् । यस्तै, वडा नम्बर ७ मा ४४ जना, वडा नम्बर ८ मा ३८ जना, वडा नम्बर ९ मा ९३ जना, वडा नम्बर १० मा ६३ जना, वडा नम्बर ११ मा ४१ जना, वडा नम्बर १२ मा ३७ जना र वडा नम्बर १३ मा २५ जना सङ्क्रमित भएका छन् ।
नगरबासीहरु आफुलाई कोभिडको सङ्क्रमण लागेको छ छैन भनि चेकजाँच गर्न त्रिशुली अस्पतालसम्म पुगेर आफ्नो स्वाब दिएर परीक्षण गराईरहेको जगरपालिका स्वासथ्य शाखाले जनाएको छ । तर केहि व्यक्तिहरु आफुलाई कोभिड पोजेटिभ भएर निको भएको दुई हप्तापछि पनि स्वाब परीक्षण गराई रहेका छन् । जसले गर्दा नगरमा सङ्क्रमितको तथ्यांक स्वास्थ्य कार्यालयसँगको तथ्यांक दोहोरिएको बिदर नगरपालिकाले जनाएको छ ।
विदुर नगरपालिकामा सरकारी कार्यालय, वित्तीय संस्था, गैरसरकारी सङ्घ÷संस्थाहरु सुचारुको साथै स्वास्थ्य मापदण्ड अपनाउदा पनि सङ्क्रमितको सङ्ख्या बढ्दो छ । यसको लागि सबैले उच्च प्राथमिकताका साथ स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने उहाँले बताउनु भयो ।
विदुर नगरपालिकामा दोस्रो भेरियन्टको सुरुदेखि सङ्क्रमित हुनेमा ४ सय ५९ जना निको भएको तथ्यांक छ ।

थपिए ६५ जना

नुवाकोटमा थप ६५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित थपिएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिललो २४ घण्टामा एकसय ६५ जनाको पिसिआर परिक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ८१ पुगेको छ । यस्तै कोरोनाका सक्रिय संक्रमितको संख्या एकहजार ४४ पुगेको छ । सक्रिय संक्रमितमध्ये ९ सय ४९ जना होम आइसोलेसनमा, ६२ जना अस्पतालमा र ३३ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये २३ जना तारकेश्वर गाउँपालिकाका, १५ जना विदुर नगरपालिकाका, १३ जना बेलकोटगढी नगरपालिकाका र ७ जना म्यागङ गाउँपालिकाका रहेका छन् ।
यस्र्तै पन्चकन्या गाउँपालिकाका ४ जना, किस्पाङ गाउँपालिकाका २ जना र सुर्यगढी गाउँपालिकामा एक जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २ सय १० जना कोरोनामुत्त भएर घर फकिएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार २ सय २४ पुगेको छ । नुवाकोटमा कोरोना संक्रमणबाट २३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
नुवाकोटमा हालसम्म १४ हजार ३ सय ५ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।नुवाकोटमा आज २ सय १० जना कोरोनामुत्त भएर घर फकिएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा २ सय १० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् ।
यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार २ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ६५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ८१ पुगेको छ ।

संगमको आईशियु बेड

कोभिड–१९ उपचारमा आइसीयू बेड अभाव भईरहेको समयमा संगम सहकारीद्वारा त्रिशुली अस्पताललाई दुई वटा आइसीयू बेड र मनिटर हस्तान्तरण गरेको छ ।
आईतबार सहकारीका अध्यक्ष नारायण श्रेष्ठले अस्पतालका व्यवस्थापक रिकेस रानालाई आईसीयू बेड र मनिटर हस्तान्तरण गरेका हुन् ।
यस्तै, सहकारीको थप आर्थिक सहयोग र विदुर नगरपालिका–९ कोलेनी निवासी तथा ओकेयामा इन जापानका संयोजक नवराज बस्नेतद्वारा प्राप्त अर्को बेड र मनिटर विदुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शनि चित्रकार मार्फत अस्पतालका व्यवस्थापक रानालाई हस्तान्तरण गरेको हो ।
कोरोना भाइरसविरुद्ध लड्न सरकार मात्रै नभएर समाजका सबै अंगको उत्तिकै भूमिका रहने भएकोले सहकारी र सहकारीको समन्वयमा ओकेयामा इन जापानका संयोजक बस्नेतको सहयोगमा उक्त सामाग्री सहयोग गरिएको सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
हस्तान्तरण गरिएको आईसियु बेड र मनिटरको मूल्य करिब ३÷३ लाख रहेको सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताउनु भयो । अस्पतालका व्यवस्थापक रानाका अनुसार हाल ६ आईसियु र ४ भेन्टिलेटर गरि १० बेड रहेकोमा अबदेखि कोभिड उपचारको लागि आईसियु बेड १२ पुगेको छ ।
सामाजिक उतरदायित्व बोध गरि यस प्रकारको सहयोगले नुवाकोट, रसुवा र धादिङको नागरिकले थप राहत पाउने सहकारीले जनाएको छ ।



तपाईको प्रतिक्रिया