Techie IT
×
गृहपृष्ठप्रविधीसंगमको आईशियु बेड

संगमको आईशियु बेड


बिदुर/कोभिड–१९ उपचारमा आइसीयू बेड अभाव भईरहेको समयमा संगम सहकारीद्वारा त्रिशुली अस्पताललाई दुई वटा आइसीयू बेड र मनिटर हस्तान्तरण गरेको छ ।
आईतबार सहकारीका अध्यक्ष नारायण श्रेष्ठले अस्पतालका व्यवस्थापक रिकेस रानालाई आईसीयू बेड र मनिटर हस्तान्तरण गरेका हुन् ।
यस्तै, सहकारीको थप आर्थिक सहयोग र विदुर नगरपालिका–९ कोलेनी निवासी तथा ओकेयामा इन जापानका संयोजक नवराज बस्नेतद्वारा प्राप्त अर्को बेड र मनिटर विदुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शनि चित्रकार मार्फत अस्पतालका व्यवस्थापक रानालाई हस्तान्तरण गरेको हो ।


कोरोना भाइरसविरुद्ध लड्न सरकार मात्रै नभएर समाजका सबै अंगको उत्तिकै भूमिका रहने भएकोले सहकारी र सहकारीको समन्वयमा ओकेयामा इन जापानका संयोजक बस्नेतको सहयोगमा उक्त सामाग्री सहयोग गरिएको सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
हस्तान्तरण गरिएको आईसियु बेड र मनिटरको मूल्य करिब ३/३ लाख रहेको सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताउनु भयो । अस्पतालका व्यवस्थापक रानाका अनुसार हाल ६ आईसियु र ४ भेन्टिलेटर गरि १० बेड रहेकोमा अबदेखि कोभिड उपचारको लागि आईसियु बेड १२ पुगेको छ ।
सामाजिक उतरदायित्व बोध गरि यस प्रकारको सहयोगले नुवाकोट, रसुवा र धादिङको नागरिकले थप राहत पाउने सहकारीले जनाएको छ ।



तपाईको प्रतिक्रिया