Techie IT
×
गृहपृष्ठसमाचार२५ गते सम्म निषेधाज्ञा

२५ गते सम्म निषेधाज्ञा


बिदुर/नुवाकोटमा असार २५ गते सम्मको लागी निषेधाज्ञा जारी भएको छ ।
कोडि १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समिति नुवाकोटले असार २५ गते सम्मको लागी निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यलय नुवाकोटमा बसेको बैठकले नुवाकोटमा दैनिक रुपमा कोरोना संक्रमितको संख्यामा नघटेको बताउदै असार २५ गते सम्मको लागी निषोज्ञा जारी गरेको हो ।
नुवाकोट जिल्लामा हाल सक्रिय कोरोना संक्रमित ७ सय ९३ रहेको र ३४ जनाको मृत्यु भइसकेकाले कोभिड १९ को चेन ब्रेक गर्न सम्पुर्ण पक्ष सतर्कताका साथ लाग्नु पर्ने निर्णय समेत बैठकले गरेको छ ।
निर्णय अनुसार अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेर लगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्नेछ ।
गृह मन्त्रालयको निर्देशन अनुसारनै नुवाकोटमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । गृह मन्त्रालयको परिपत्र अनुसार पहाडी जिल्लामा शक्रिय संक्रमितको संख्या २ सय भन्दा माथी रहेृका निषेधाज्ञा लगाउनु पर्ने जनाएको छ । कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामको लागी प्रभाबाकरी उपाय मध्ये एक निषेधाज्ञा रहेकाले त्यसलाई लम्ब्याएर असार २५ गते राती १२ बवे सम्मको लागी पुराएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

यता, रसुवामा थप ७ निषेधाज्ञा जारी भएको छ ।

जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय सोमबार राति १२ बजेबाट सकिँदै थियो । डिसिसिएमसीको सोमबार बसेको बैठकले असार २१ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेर लगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्नेछ ।



तपाईको प्रतिक्रिया