Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशनुवाकोटमा कोरोनाको यस्तो अबस्था

नुवाकोटमा कोरोनाको यस्तो अबस्था


बिदुर/नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ९३ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७७ जनामा कोरोना संक्रमण मुक्त भएको हो । स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । कुल ९६ जनाको पिसिआर परिक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ४६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ७७ जना कोरोना मुक्त भएसँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ४ हजार ५ सय १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३४ पुरुष र १२ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी बिदुर नगरपालिकामा २२ जना थपिएका छन् भने बेल्कोटगढी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् ।
यस्तै तादी गाँउपालिकामा ८ जना, किस्पाङ गाँउपालिकामा २ जना र म्यागङ गाँउपालिकामा १ जना संक्रमित थपिइका हुन् ।
नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्लामा हालसम्म २० हजार १६ जनाको पिसिआर परिक्षण गरिएको छ । अहिले त्रिशुली अस्पताल नुवाकोटमा ३२ जना, स्थानिय तहहरुले निर्माण गरेको आईसोलेसन सेन्टरमा ३९ जना र होम आर्ईसोलेसनमा ७ सय २२ जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङकमा उल्लेख छ ।



तपाईको प्रतिक्रिया