Techie IT
×
गृहपृष्ठसमाचारदोश्रो भेरियण्टले सताएको नुवाकोट

दोश्रो भेरियण्टले सताएको नुवाकोट


बिदुर/नुवाकोटमा कोरोना संक्रमितको संख्या साढे ५ भन्दा माथी पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३४ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ४० पुगेको हो । पद्धिल्लो २४ घण्टामा जिल्लामा ४४ जनाको पिसिआर र १२ जनाको एन्टीजेन परिक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ८८ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिनु भयो । सक्रिय कोरोना संक्रमितमध्ये ६ सय २८ जना होम आइसोलेसनमा, ३० जना आइसोलेसन सेन्टरमा र ३० जना अस्पतालमा उपचाररत रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ४ हजार ८ सय १७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकामा २१ जना कोरोना संक्रमित थपिएका छन् भने शिबपुरी गाँउपालिकामा ६ जना संक्रमित थपिएका छन् । बेल्कोटगढी नगरपालिकामा ३ जना, सुर्यगढी गाउँपालिकामा २ जना, म्यागङ र तारकेश्वर गाँउपालिकामा १÷१ जना कोरोना संक्रमित थपिएको स्वासथय कार्यालय नुवाकोटको तथ्याङकमा रहेको छ ।
जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको पहिलो भेरियण्टमा जिल्लामा दर्ता भएको १ जनाको मृत्यु भएको थियो । भने दोश्रो भेरियण्टबाट ३४ जनाको ज्यान गएको छ । जसमा नुवाकोटका अस्पताल तथा आईसोलेसन सेन्टरमा हाल सम्म २७ जना र समुदाय स्तरमा ६ जनाको मृत्यु भएको तथ्याङक रहेको छ । यस्तै, नुवाकोटको अस्पतालबाट रिफर भई अरु अस्पताल गई उपचारको क्रममा मृत्यु भएकाहरुको तथ्याङक २ रहेको छ ।
नुवाकोटमा कोरोना भाईरसको पहिलो भेरियण्टमा ११ सय ४५ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, दोश्रो भेरियण्टबाट ४३ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमणको भेरियण्ट अनुसार नुवाकोटमा दोश्रो भेरियण्टले भयाबह अबस्था सिर्जना भएको कोरोना संक्रमितहरुको तथ्याङकले देखाएको छ ।
नुवाकोटमा हालसम्म २० हजार ३ सय ९३ जनाको स्वाब संकलन गरि पिसिआर र एन्टिजेन बिधि मार्फत संक्रमणको परिक्षण भएको छ ।



तपाईको प्रतिक्रिया