Techie IT
×
गृहपृष्ठसमाचारभुईमान्छेलाई लगाएको निषेधाज्ञा

भुईमान्छेलाई लगाएको निषेधाज्ञा


बिदुर/नुवाकोटमा असार २५ गते सम्मको लागी निषेधाज्ञा जारी रहेको छ ।
कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको सिफरिसको आधारमा प्रमुख जिल्ला अधिकारी जिबनप्रसाद दुलाले नुवाकोटमा असार २५ गते सम्मको लागी निषेधाज्ञा आदेह जारी गर्नु भएको हो । बैशाख २१ गते रातीबाट लागु भएको निषेधाज्ञालाई पटक पटक थप गर्दै जिल्लामा असार २५ गते सम्म पुर¥याएको प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिनु भयो । नुवाकोटमा निषेधाज्ञा जारी हुँदा पँहुचभन्दा बाहिरका नागरिकहरु मारमा पर्दै आएका छ् । जिल्लामा गनिने ब्यबसायि र ठेकेदार र जनप्रतिनिधिहरुलाई निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालय आफैले सहजिकरण गर्दै आएको छ ।
सार्बजानिक यातायातका साधन बाहेक नुवाकोटमा सबै क्षेत्र खुल्ला रहेको छ । सिमित समय तोकिए पनी प्रहरी र प्रशासन कार्यालयको मौनताले ठुला भनिएका ब्यबसायि र ठेकेदार र जनप्रतिनिधिहरु सहज रुपले जिल्ला भित्रिने र बाहिरिने गर्दै आएका छन् ।
कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रमा रहेका ब्यक्तिहरु साताकै दुई पटक सम्म काठमाण्डौ पुगेर आएको प्रशासनकै डण्डामा उल्लेख छ । सबारी सहजिकरणको नाममा पछिल्लो समय कति सबारीलार्य काठमाण्डौ जाने अनुमती दिईयो भन्ने तथ्याङक समेत जिल्ला पव्रशासन कार्यालयसँग छैन् । पँहुच नभएका र सामान्य नागरिकहरु कुनै समस्या परेर जिल्ला बाहिर जाने अनुमती माग्न आउदा जिल्ला प्रशासन कार्यालय नुवाकोटको गेट बाटै फकिर्नु परेको छ । निषेधाज्ञाको समयमा कुनै पास जारी नगर्ने भन्दै प्रहरी प्रशासनले उनिहरुलाई गेटबाटनै फर्काउने गरेका छन् । तर ठुला भनिएका, सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि र सेतो नम्बर प्लेट भएका सबारीलाई सहज रुपले आबत जाबतमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले सहजिनकरण गर्दै आएको छ ।
केहि दिन अगाडी मात्रै नुवाकोटबाट छुटेको एक यात्रुबहाक सबारीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । प्रशासन कार्यालयमा अभिलेख नराख्ने तर पँहुचवालाको सबारी सहजिकरण गर्ने प्रशासनको प्रकृयाले निषेधात्राको समयमा ठुलो दुर्घटनता निम्तिएको हो ।
कोभिढ १९ जिल्ला संकट ब्यबस्थापन केन्द्को बैठकमा सहभागी हुने सबै ब्यक्तिहरु साताको एक पटक काठमाण्डौ पुग्ने गरेका छन् । उनिहरुलाई निषेधाज्ञाले सबारी आबागमनमा झनै सहज बनाईदिएको छ । बिना ट्राफिक जाम सहज रुपले आफ्नो गँन्तब्य सम्म पगेर फर्किने गरेको छ ।
यो, सँगै जिल्लाका प्रमुख मानीएका बडा हाकिमहरुकै सहजिकरणमा काठमाण्डौबाट ट्याक्सि समेत नुवाकोट भित्रिरहेको छ । निजि सबारी साधनहरु समेत जिल्लामा सञ्चालन गर्न नपाउने आदेह जारी भएको समयमा काठमाण्डौदेखि ट्याक्सि नुवाकोट सम्म आईपुग्दा प्रहरीले समेत रोक्न सकेको छैन् ।


नुवाकोट भित्रिने तिन वटै नाकामा अहिले सम्म सबारी फकाइर्एएको जवा कारबाहि गरिएको तथ्याङक छैन् । बेल्कोटगढी नगरपालिकाको कोल्पुटार, ककनी गाँउपालिकामा रहेको रानीपवौवा प्रहरी चौकि र गर्जुे अस्थाई प्रहरी चौकिबाट उनिहरुकै सहजिकरणमा सबारी आबागमन भैरहेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार अहिले नुवाकोटबाट सबारी आबतजाबतको लागी पास जारी गर्ने ब्यबस्था छैन । तर दैनिक रुपमा काठमाण्डौ पुगेर जिल्ला भित्रिने सबारी साधनहरुको तथ्याङक ठलो रहेको छ । गृह मन्त्रालयको परिपत्र भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले निरन्तर निषेधाज्ञा लगाउदै आएको छ । पहाडी जिल्लामा शक्रिय कोरोना संक्रमतिको संख्या २ सय भन्दा माथी रहेको निषेधाज्ञा लगाउने परिपत्र रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जिबन प्रसाद दुलालले जानकारी दिनु भयो ।
नुवाकोटमा अहिले निषेधाज्ञा सोझा र पँहुच नभएका नागरिकहरुको लागी मात्रै रहेको छ । प्रहरी प्रशासनसँग पँहुच भएका नागरिकहरु सहज रुपले आबतजाबत गर्दै आएका छन् । हाल नुवाकोटमा शक्रिय कोरोना संक्रमितको संख्या ७ सय ४३ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ३८ जनानै संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङकमा रहेको छ ।



तपाईको प्रतिक्रिया