Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशएउटै ढुङगाले ३ घरमा क्षती

एउटै ढुङगाले ३ घरमा क्षती


समुन्द्रटार/नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं.७ शिखरबेंशीमा पहिरोले क्षत्ी पुराएका घरधुरीलाई जिल्ला दैबि प्रकोप उद्धार समितिले राहत सामाग्री उपलिब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटको टिमनै घटना स्थलमा पुगेर राहत सामाग्री उपलब्ध गराएको हो । बुधबार बिहान पौने दश बजे गएको पहिरोले तीनवटा घरमा क्षति भएको थियो । पहिरोले १ जना गम्भिर घाईते भएका छन् ।
दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर ७ को पहरोमुनि भन्ने ठाउँमा गएको पहिरोमा परी रामचन्द्र नेपाली, विष्णु नेपाली र शान्ता दमाईको घर पूर्ण रुपले क्षति भएको छ। पहिरोमा परी बिष्णु नेपालीको १६ वर्षीय छोरी अस्मिता नेपाली गम्भीर घाइते हुनु भएको थियो । पहिरोका परेका अन्य दुई जनाको सकुशल उद्धार गरिएको छ । घाइते अस्मिताको गम्भीर अवस्था भएकाले थप उपचारार्थ काठमाडौं पठाइएको दुप्चेश्व्र गाँउपालिmकाका अध्यक्ष योबिन्द्रसिङ तामाङले बताउनु भयो । पहिरोमा परी दुई वटा खसीको मरेको छ भने पशु चौपाय घाईते भएको थियो ।
गाउँपालिकाका अध्यक्ष तामाङका अनुसार पहिरोले थप १५ वटा घर समेत उच्च जोखिममा परेको छ । जोखिममा परेका घरलाई तत्काल उद्धारका प्रयास गरिएको उहाँले जानकारी दिनु भयो । गाउँपालिकाबाट इन्जिनियर सहितको प्राविधिक टोली खटाइसकिएको उहाँले जानकारी दिनु भयो ।


पहिरो गएको स्थानमा गाउँपलिकाका अध्यक्षसहितको जनप्रतिनिधि टोलीले बुधबार नै अनुगमन समेत गरेको छ । पहिरोमा परि घरबास गुमाएका पिडित परिवारलाई राहतका सामग्री वितरण गरेको छ । गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीमार्फत पहिरो पीडितहरुलाई खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा लगायतका सामग्रीहरु वितरण गरि सुरक्षित बासस्थानको ब्यवस्थापन समेत गरिएको गाउँपालिकाले जनाएको छ ।



तपाईको प्रतिक्रिया