Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशबिदुरमा संक्रमणको उच्च जोखिम

बिदुरमा संक्रमणको उच्च जोखिम


बिदुर/बिदुर नगरपालिकामा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि नगरले उच्च सतर्कता अपनाउन थालेको छ ।
बिदुर नगरपालिकामा दैनिक २० जनजा भन्दा बढिमा संक्रमितको संख्या बढ्न थालेको छ । हाल नगरपालिकामा १ सय ९९ जना शक्रिय संक्रमित रहेका छन् । बिदुर नगरपालिकाले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको बिदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासैनिले बताउनु भयो ।

विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चेतावनी दिइरहेका बेला पछिल्लो समय नगरपालिका भित्र परिक्षण गराएका अधिकांशमा कोभिडको लक्षण देखिने बालबालिकाको संख्या समेत बढिरहेको छ । तेस्रो चरणको संक्रमण आउन सक्ने आँकलन गर्दै नगरपालिकाले स्थापना गरेको आईसोलेसन सेन्टरहरुलाई थप ब्यबस्थित बनाउने योजना बनाएको छ । बिदुर नगरपालिकामा अहिले सम्म २३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । संक्रमणको दोश्रो भेरियण्टले बिदुर नगरपालिकामै धेरै जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घ(ण्टामा समेत बिदुर नगरपालिकामा ७ जना पुरुष र ४ जना महिला गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



तपाईको प्रतिक्रिया