Techie IT
×
गृहपृष्ठसमाचारतेश्रो लहरको तयारी गर

तेश्रो लहरको तयारी गर


बिदुर/स्वास्थ्य कार्यालय नुवाकोटले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भएकाले तयारी अवस्थामा रहन सबै स्थानिय तह र स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
सङ्क्रमणको चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भएकाले अक्सिजन, शैय्या र जनशक्तिलाई चुस्त दुरुस्त अवस्थामा राख्न निर्देशन दिएको हो । सरकारी, गैरसरकारी सङ्घ–संस्था, निजी क्षेत्र र नागरिकले संयुक्त पहल गरिरहँदा पनि सङ्क्रमणको दर जति घट्नुपर्ने हो त्यति नघटेको भन्दै स्वास्थ्य कार्यालय नुवाकोटले पछिल्लो हप्तादेखि सङ्क्रमित थपिने क्रम बढिरहेकोले चिन्ता थपिएको जनाएको छ ।
हाल नुवाकोटमा ५ सय भन्दा बढि शक्रिय संक्रमित रहेका छन् । यसका साथै दैनिक रुपमा संक्रमण पुष्टि हुनेको संख्या समेत रहेको छ । संक्रमण निको हुने भन्दा थपिनेको दर बढ्दै गएकाले तेश्रो लहरबाट जोगिन आबाश्यक तयारी राख्न कार्यालयले आग्रह गरेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताउनु भयो ।
हाल पालिकामा सञ्चालन भइरहेका कोभिड अस्थायी अस्पताल तत्कालै बन्द नगर्न समेत आग्रह गरेको छ । नुवाकोटमा रहेका १२ पटै स्थानिय तहले ३ सय ८ कक्षको आईसोलेसन कक्ष तयार बनाएका छन् । तिहरुलाई थप ब्यबस्थित गरेर राख्न स्वास्थ्य कार्यालयले आग्रह गरेको हो ।
कोरोना सङ्क्रमणको सम्भावित तेस्रो लहर आउन सक्ने भन्दै मन्त्रालयको परिपत्र अनुसार पालिकामा सञ्चालित कोभिड अस्थायी अस्पताल र आईसोलेसनहरुलाईसाउनदेखि कम्तिमा ६ महिनासम्म निरन्तरता दिन आग्रह गरेको छ ।
नुवाकोटमा ४ जनामा कोरोना संक्रमणको पराबर्तित रुप पुष्टि भैसकेको छ । समुदाय स्तरमा लरहेका ब्यक्तिहरुमा कोरोना संक्रमण डेल्टा र डेल्टा प्लस भेरियण्ट पुष्टि भैसकेको छ । अन्तराष्ट्रिय प्रयोगशालामा नमुना परिक्षणका लागी पठाईएका ४ जनामा कोरोना संक्रमणको पराबर्तित रुप पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।



तपाईको प्रतिक्रिया