Techie IT
×
गृहपृष्ठअर्थसार्बजानिक यातायात सञ्चालन गर्न अनुमती

सार्बजानिक यातायात सञ्चालन गर्न अनुमती


बिदुर/जिल्ला प्रशासन कार्यालय नुवाकोटले लामो तथा छोटो दुरीका सार्बजानिक यातायातका साधनहरु सञ्चालन गर्न अनुमती दिएको छ ।
गृह मन्त्रालयको परिपत्र भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले आबाश्यक स्वास्थ्य सतर्कता अपनाउदै सार्बजानिक यातायातका साधनहरु सञ्चालन गर्न अनुमती दिएको हो । नुवाकोटमा साउन १० गते सम्म निषेधाज्ञा रहेको छ । निषेधाज्ञाको समयमा पनी यातायात ब्यबसायिहरुले आफुहरुलाई मात्रै रोकेको भन्दै बिरोध गरेका थिए । सार्बजानिक यातायतका साधनहरु सञ्चालन गर्न रोक लगाएको आदेश जारी गरे पनी साउन १ गतेबाट ब्यबसायिहरुले सबारी सञ्चालन सुरु गरेका थिए ।
यातायात ब्यबसायिहरुको दबाब पछी मात्रै प्रशासन कार्यालय नुवाकोटले गृहको परिपत्रको आधारमा सबारी सञ्चालन अनुमती दिएको जनाएको छ । कोरोना संक्रमणको अबस्था नुवाकोटमा यथाबत रहेपनी ब्यक्तिगत सतर्कता अपनाउदै सार्बजानिक यातायातका साधन सञ्चालन गर्नको लागी जिल्ला प्रशासन कार्यालय नाुवाकोटले आदेश जारी गरेको छ ।
गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएको थिायो । त्यसै अनुसार जिल्लामा निर्णय भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले आदेश दिएको हो । मन्त्रालयका प्रवक्ता जनकराज दाहालले परीक्षार्थीहरूको सहजताका लागि सबै जिल्लालाई यातायात सञ्चालन गर्न आदेश दिएको बताए। उनका अनुसार अब यस विषयमा जिल्लाका डिसीएमसीले निर्णय लिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्नेछ ।
मन्त्रालयले बुधबार सबै जिल्लाका लागि पत्र समेत जारी गरेको छ । ‘त्रिवि, लोकसेवा आयोग लगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले परीक्षाको आवागमन समेतलाई दृष्टिगत गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण हुन आदेशानुसार अनुरोध गरेको हो ।
कोभिडका कारण सरकारले वैशाख १६ गतेबाट लामो दूरीमा चल्ने सवारीसाधनमा रोक लगाएको थियो ।



तपाईको प्रतिक्रिया