Techie IT
×
गृहपृष्ठअर्थएकिकरण मार्गको संरक्षणमा नेपाली सेना

एकिकरण मार्गको संरक्षणमा नेपाली सेना


बिदुर/नेपाली सेनाले नेपाल एकिकरणका क्रममा प्रयोग भएका पदमार्ग, गढी र किल्लाहरुको संरक्षण गर्दे आएको छ ।
नेपाल एकिकरणको क्रममा राजा पृथ्बि नारायण शाहले प्रयोग र स्थापना गरेका मार्ग, गढि तथा किल्लाहरुको संरक्षणमा नेपाली सेना जबरजङ गण नुवाकोट क्रियाशिल रहेको छ । गोरखाबाट नुवाकोट बिजयको लागी तय भएको मार्गको संरक्षण त्यस मार्गमा रहेका गढि तथा किल्लाहरुको संरक्षण र सम्बद्धनमा उल्लेखनिय कार्य हुँदै अएको छ ।


नेपाली सेनाले बिदुर नगरपालिका वडा नम्बर १० शुभघाटमा एकिकरण पदमार्ग बिश्राम घरको निर्माण सम्पन्न गरि उद्धघाटन गरेको हो । एकिकरण पदमार्ग बिश्रामघरको उद्धघाटन गर्नुहुँदै नेपाली सेना नम्बर ६ बाहिनि अड्डाका बाहिनि पती सहायकरथि सुनिल श्रेष्ठले पृथ्बि नारायण शाहले नेपाल एकिकरणको क्रममा प्रयोग गरेका तथा निर्माण भएका मार्ग, किल्ला र गढीहरुको संरक्षण गर्न पाउनु नेपाली सेनाको लागी गौरबको बिषय रहेको बताउनु भयो । कार्यक्रमलाई समबोधन गर्नुहुँदै उहाँले नेपाली सेनाको जङिग अड्ढाबाटनै निर्देशन भए बमोजिकको कार्यमा नेपाली सेनाले अपनत्प लिदै स्थानिय तह, प्रदेश, संघ र पर्यटन बोर्डसँगको सहकार्यमा काम गर्दे आएको बताउनु भयो ।

नेपाली सेना नम्बर ६ बाहिनि अड्डाका बाहिनिपती सहायक रथि सुनिल श्रेष्ठ ।

नेपाली सेनाका अनुसार नेपालको ऐतिहासिक एकिकरण अभियानमा प्रयोग भएका गढी/किल्ला र युद्धस्थलहरुको स्थलगत अध्ययन गरी महत्वपूर्ण तथ्यहरुको संरक्षणको लागी पुर्बाधार बिकास समेत गर्दै र्आएको छ । नेपाली सेना जबरजङ गण देबिघाटका अनुसार नुवाकोटको म्यागङ गाँउपालिका वडा नम्बर ५ सामरी देखि जिल्ला भित्र पृथ्बिनारायण शाहले एकिकरण अभियानमा प्रयोग गरेको मार्ग, किल्ला र गढीको संरक्षणमा जुट्दै आएको छ । नेपाल एकिकरणका क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौँसम्मको ऐतिहासिक पदमार्गको सम्भाव्यता अध्ययन गरि प्रतिबेदन तयार गरि त्यसै अनुरुप कार्य गर्दे आएको नेपाली सेनाले जनाएको छ ।
पृथ्बिनारायण शाहले नेपाल एकिकरणको क्रममा प्रयोग गरेका सबै क्षेत्रको बृहत्तर बिकास र संरक्षणको लागी नेपाली सेनाबाट भएका प्रयासले जिबन्त र उदारणिय रहने नेपाली सेना जबरजङगण देबिघाटका गणपती प्रमुख सेनानी उदयबहादुर लामिछानेले बताउनु भयो ।

नेपाली सेना जबरजङ गण देबिघाटमा गणपती प्रमुख सेनानी : उदयबहादुर लामिछाने ।

नुवाकोटस्थित पृथ्वी नारायण शाहको देहावसान÷शालिक रहेको तथा दाहसंस्कार गरेको स्थान संरक्षण, तीनधारे धारा मर्मत, बिदुर नगरपालिका वडा नम्बर १० को शुधघाटमा बिश्रामघरको निर्माण, सामरीमा शिला लेख अनाबरण लगायतका काम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली सेनाले एकिकरण पदमार्गको नुवाकोट क्षेत्रमा पर्ने किल्ला, गढी तथा मार्गहरुको संरक्षणमा सहयोग पु¥याउने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा बिदुर नगरपालिकाको कार्यालय, बिदुर नगरपालिका वडा नम्बर १० को कार्यालय, स्थानिय रेशमबहादुर पाण्डे, उद्धब खतिवडा, नेपाली सेना जबरजङगण देबिघाटका गणपती उदय बहादुर लामिछाने र जबरजङगणलाई सम्मान पत्र सहित सम्मान गरेको हो ।
नेपाली सेनाले नेपाल पर्यटन बोर्डसँग सहकार्य तथा सरोकारवाला पक्षसँग छलफल गरि गत वर्षदेखि नेपाल एकिकरणका क्रममा प्रयोग भएका पदमार्ग, गढी र किल्लाहरुको पूनर्निमाण, संरक्षण र प्रवर्द्धनमा अग्रसरता लिएको हो ।

 

 

 

 

 

एकिकरण पदमार्ग निर्माण तथा संरक्षणमा सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्दै नेपाली सेना ।


तपाईको प्रतिक्रिया