Techie IT
×
गृहपृष्ठराजनीतिकाँग्रेसद्धारा बिदुर नगरपालिका तोडफोड

काँग्रेसद्धारा बिदुर नगरपालिका तोडफोड


बिदुर/नेपाली कांग्रेसले विदुर नगरपालिकाको कार्यालय तोडफोर्ड गरेको छ ।
नेपाली काँग्रेस निकट ६ जना वडा अध्यक्षहरुले नगरपालिकामा आर्थिक अनयमितता भएको भन्दै तोडफोड गरेका हुन् । काँग्रेसबाट निर्बाचित ६ जना वडा अध्यक्षसहितको आन्दोलनकारीले नगरपालिकामा ढुङगामुढा बर्साएका थिए । प्रमुख प्रशासकिय अधिकृत र नगर प्रमुखको कार्यकक्ष सहित नगरपालिकामा भएका साधनहरुमा क्षती पुराएको छ । बिदुर नगरपालिका वडा नम्बर १३ लाई नगरपालिकाले फलफुल तथा कागती पकेट क्षेत्र निर्धारण गरि बिरुवा बितरणमा घोटाला गरेको भन्दै भुक्तानी नदिन काँग्रेस निकट वडा अध्यक्षहरुले माग गर्दै आएका थिए ।
भ्रष्टाचार बिरुद्धको भण्डाफोर अभियान भन्दै काँग्रसीहरु नगरपालिकामा ज्ञापनपत्र बुझाउन जाने भनेर कार्यकर्ताको हुल लिएर प्रवेश गरेको कांग्रेस नेता कार्यकर्ताको टोलीले प्रहरी, कर्मचारीलाई आक्रमण गरी नगरपालिकाको कार्यालय तोडफोड गरेको छ ।
विदुर नगरपालिकामा अनियमितता भएको भन्दै नेपाली कांग्रेसले नगरपालिका घेराउ र ज्ञापन पत्र बुझाउने नाममा तोडफोड गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन मरासैनितले बताउनु भयो ।
बिदुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा काँग्रेस निकट वडा अध्यक्षहरुले ताला लगाउन लागे पछी नगर प्रहरी र नेपाल प्रहरीले छेकेको थियो । प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाउन नदिएको भन्दै आन्दोलनकारीहरुले ढुङगा मुढा गरेका हुन् । नेपाली काँग्रेसले बिदुर नगरपालिका वढा नम्बर १३ मा फलफुल र कागतीको पकेट क्षेत्र निर्धारण गरि १३ लाख रुपैयाँ बिना काम भुक्तानी दिएको आरोप लगाएको छ । त्यहि कारण देखाउदै नेपाली काँग्रेसले नगरपालिकामा तोडफोड गरेको हो ।
यता, बिदुर नगरपालिकाले वडा नम्बर १३ को फलफुल तथा कागती पकेट क्षेत्रको लागी बिरुवाको एक रुपैयाँ पनी रकम भुत्तानी दिएको छैन् । पकेट क्षेत्रमा निर्माण भएको सिञ्चाईको पुर्बाधार बिकासको कामको मात्रै ६ लाख ९८ हजार रुपैयाँ रकम भुक्तान्ी दिएको नगरपालिकाले जनाएको छ ।



तपाईको प्रतिक्रिया