Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेश१ हजार भ्रष्टाचार गरेको पुष्टि गर्न काँग्रेसलाई चुनौती

१ हजार भ्रष्टाचार गरेको पुष्टि गर्न काँग्रेसलाई चुनौती


बिदुर/बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाबाट संपादन भएका काममा १ हजार रुपैयाँ अनियमितता भएको देखाउन चुनौति दिनु भएको छ ।
नेपाली काँग्रेसले अनियमितता भएको भन्दै नगरपालिका माथी तोडफोड गरे पछी नगरपालिकाले पत्रकार सम्मेलन गर्दै १ हजार रुपैयाँ अनियमितता भएको प्रमाणसहित पुष्टि र्न चुनौती दिनु भएको हो । नजिकिदो स्थानिय तहको निर्बाचनलाई लक्षित गर्दै बिना तुकको बिषयमा नेपाली काँग्रेसले राजनिति गर्न थालेको नगर प्रमुख सञ्जु पण्डितको भनाई छ ।

बिदुर नगरपालिकाका प्रमुख : सञ्जु पण्ढित

नेपाली काँग्रेस निकट रहेका वडा अध्यक्षहरुले बिदुर नगरपालिका वडा नम्बर १३ मा निर्धारण भएको फलफुल तथा कागती पकेट क्षेत्रको बिनियोजित बजेटमा नगरप्रमुखले घोटाला गरेको आरोप लगाएको छ । तर, तोकिए अनुसारको काम नभएको भन्दै नगरपालिकाले पकेट क्षेत्रमा बिनियोजित बजेटनै कटौती गरि भुक्तानी दिएको छ । फलफुल तथा कागती पकेट क्षेत्र निर्धारण गरि बिरुवा बितरण, सिञ्चाई पाईप र ट्याङ्कि निर्माणको लागी नगरपालिकाले ११ लाख रुपैया रकम स्विकृत गरेको थियो । पकेट क्षेत्र उत्थानको लागी स्थानिय साँझृेदार सहकारी मार्फत कार्यक्रम सञ्चालन गर्दै आएको बिदुर नगरपालिकाले प्राबिधिक मुल्याङकन अनुसार पुरा काम नभएको भन्दै ६ लाख ९८ हजार रुपैयाँ मात्रै भुक्तानी दिएको नगर उपप्रमुख गिता कुमारी दाहालले बताउनु भयो । पकेट क्षेत्रमा केहि बिरुवा खरिद गरि बितरण भएपनी आबाश्यक प्रकृया नपुगेकाले भौतिक पुर्बाधार निर्माण भएको क्षेत्रको मात्रै रकम भुक्तानी दिएको नगरपालिकाका उपप्रमुख दाहालले बताउनु भयो ।

बिदुर नगरपालिकाका उपप्रमुख : गिता कुमारी दाहाल

यता, बिदुर नगरपालिकाले सार्बजानिक सम्पती माथी तोडफोड गर्ने ब्यक्तिहरुलाई तत्काल पक्राउ गरि कारबाहि गर्न अनुरोध गरेको छ । नागरिकहरुको करबाट निर्माण भएको सार्बजानिक कार्यालयमा हुलहुज्जतले तोडफोड गरेकाले कानुन अनुसार कारबाहि गष्र्न नगरपालिका प्रतिबद्ध रहेको नगरपालिकाले जनाएको छ ।



तपाईको प्रतिक्रिया