Techie IT
×
गृहपृष्ठसमाचारमास्क खोई अभियान

मास्क खोई अभियान


बिदुर/नुवाकोटमा कोरोनाा संक्रमणको तेश्रो लहर पुष्टि र बजारमा चहलपहल बढ्दो अबस्था रहे पछी नुवाकोट उद्योग बाणिज्य संघले तपाईको मास्क खोई अधियान सञ्चालन गरेको छ ।
विगत २ बर्ष अगाडीदेखि फैलिइरहेको कोरोना संक्रमणबाट जोगिने सबभन्दा भरपर्दो र महत्वपूर्ण उपाय मास्कको प्रयोग नै हो । सर्वसाधारणले घर वरिपरि, टोल छिमेक र पसलमा सामान खरिद गर्न जाँदा समेत मास्कको प्रयोगलाई बेवास्ता गर्न थाले पछी नुवाकोट उद्योग बाणिज्य संघले ब्यबसायिक स्थलहरुमा मास्क बितरण र सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ । अभियानकै रुपमा निरन्तर जिल्ला भर यो अभियान बाणिज्य संघले सञ्चालन गर्ने योजना रहेको छ । सुरुवातमा बिदुर नगरपालिकाको बढि भिडभाड हुने क्षेत्र, त्रिशुली, डुङगे र बिदुरमा ब्यबसायिक पसलहरुमा सचतेतनामुलक पम्पेल्ट टाँस्ने र मास्क अनिबार्य गराउने अभियान सञ्चालन गरेको नुवजाकोट उद्ययोग बाणिज्य संघका दित्तिय उपाध्यक्ष सन्तोष उप्रेतीले बताउनु भयो ।

नुवाकोट उद्ययोग बाणिज्य संघका दित्तिय उपाध्यक्ष : सन्तोष उप्रेती


संक्रमणको अबस्था बढिरहदा नागरिक तथा ब्यबसायिहरुले मास्कको प्रयोगलाई पथमिकता नदिदा संक्रमणको सिकार हुनु पर्ने भन्दै अभियान सञ्चालन गरेको नुवाकोट उद्योग बाणिज्य संघले जनाएको छ । घर बाहिर निस्कदा, सामाजिक दुरीको पालना गर्ने, अनिबार्य मास्कको प्रयोग गर्ने, साबुन पानी हात धुने लगायतका कार्यहरु अनिबार्य गर्न नुवाकोट उद्योग बाणिव्य संघलmे आग्रह गरेको छ । यो अभियान बाणिज्य संघसँग आबद्ध रहेका ब्यबसायिहरु मार्फत जिल्ला भर सञ्चालन गर्ने योजना रहेको नुवाकोट उद्योेग बाणिव्य संघका अध्यक्ष ताराबहादुर कार्किले जानकाचरी दिनु भयो ।
घर नजिकैको पसल त हो नि भन्दै तरकारी, दूध तथा दैनिक उपभोग्य वस्तु किनमेल गर्न मास्क नलगाई जाँदा कोरोना संक्रमणको झनै जोखिम हुने गर्छ ।
यस्तै, जोखिम नहोस् भनी सर्वसाधारणलाई सचेत र सावधान बनाउन उद्योग बाणिव्य संघले तपाईको लागी मास्क, मेरो लागी मास्क र परिवारको लागी मास्क भन्दै सार्वजनिक स्थानमा ब्यानर टांग्दै हिँडेका छन् ।
कुनै पनि व्यक्ति तथा सरकारको एक्लो प्रयासले मात्र कोरोना नियन्त्रण गर्न नसकिने भएको र विपद् र महामारीको बेला सरकारलाई सघाउनु हरेक सचेत नागरिकको कर्तव्य भएकोले आफूहरूले नागरिक हुनुको कर्तव्य पालना गरेको बाणिज्य संघले जनाएको छ ।



तपाईको प्रतिक्रिया