Techie IT
×
गृहपृष्ठअर्थआएन अनुदान

आएन अनुदान


सम्पदा बस्ति अन्तर्गत घर निर्माण गर्नेहरुलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले थप ५० हजार रुपैयाँ अनुदान दिने कार्यबिधि भएता पनी नुवाकोटका नागरिकह्रुले अहिले समम उक्त रकम पाउन सकेका छैनन् ।
घर निर्माण सम्पन्न भएको २ बर्ष बितिसक्दा पनी थप दिने ५० हजार रुपैयाँ अनुदान नपाएको बिदुर नगरपालिका वडा नम्बर २ नुवाकोटका महेन्द्रलाल श्रेष्ठले बताउनु भयो । सम्पदा बस्ति अन्तर्गतका सबै मापदण्ड पुरा गरि घर निर्माण सम्पन्न भएको बर्षै बितिसक्दा पनी राज्यले दिने अनुदान रकम भने पाउन सकेका छैनन् ।
नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर २ को एतिहाँसिक साततले दरबार परिसरमा ४ सय २८ घरधुरी सम्पदा बस्ति अन्तर्गत रहेर घर निर्माण भैरहेको छ । हाल सम्म करिब २ सय भन्दा बढि घरको निर्माण सम्पनन भैसकेको बिदुर नगरपालिकाले जनाएको छ । सम्पदा बस्ति अन्तर्गत घर निर्माण गर्ने ४ सय २८ घरधुरीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण थप ५० हजार, बिदुर नगरपालिकाले ४० हजार र नक्सा पासमा ५० प्रतिशत रकम छुट दिदै आएको छ । यस्तै, नुवाकोट सम्पदा संरक्षण मञ्चले २ बर्ष सम्म नक्सा बनाउनको लागी प्राबिधिक सेवा उपलब्ध गराएको थियो ।



तपाईको प्रतिक्रिया