Techie IT
×
गृहपृष्ठसमाचाररेडक्रस नुवाकोट शाखाको मास्क अभियान

रेडक्रस नुवाकोट शाखाको मास्क अभियान


बिदुर/नेपाल रेडक्रस सोसाईटि नुवाकोट जिल्ला शाखाले नेपवाल मास्क अभियान सञ्चालन गरेको छ ।
केहि दिन अगाडीबाट नेपाल सरकारले सुरुवात गरेको मास्क अभियानलाई पुर्ण रुप दिदै नुवाकोट जिल्ला शाखाले बजार क्षेत्रमा मास्क बितरण तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मूल नाराका साथ स्वास्थ्य मन्त्रालयले साउन २९ सम्मका लागि देशभर मास्क लगाउने अभियान सञ्चालन गरिरहेको छ । त्यसै अनुसार रेडक्रस नुवाकोट शाखाले पनी अभियान सञ्चालन गरेको कार्यबहाक सभापती निरञ्जनप्रसाद आचार्यले जानकारी दिनु भयो ।
म पनि मास्क लगाउँछु अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु, म जिम्मेवार नेपाली’ जस्ता नाराका साथ मास्क अभियान सञ्चालन भएको रेडक्रस नुवाकोट जिल्ला शाखाले जनाएको छ । कोरोना भाइरसको संक्रमण हुन नदिन आफूले लगाइराखेको मास्क सही तरिकाले विसर्जन गर्ने, मास्कको प्रयोग गर्ने, सामाजिक दुरीको कायम गर्ने लगायतका बिषयहरुलाई नागरिक तहसम्म फैलाउनको लागी अभियान सञ्चालन गरेको बताईएको छ ।
पछिल्लो समय मास्क लगाउने तथा सुरक्षा साबाधानी नअनाएका कारण नुवाकोटमा कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ । दैनिक रुपमा नयाँ संक्रमितहरु पुष्टि हुँदै गएका छन् । कोरोना संक्रमणबाट बच्नको लागी सहि तरिकाले मास्कको प्रयोग गर्ने, प्रयोग भैसकेका मास्कको उचित ब्यबस्थापन गर्ने लगायतको बिषयमा समुदायका नागरिकहरुसँग रेडक्रसले अन्तक्रिया समेत गरेको छ । हाल नुवाकोटमा निषेधाज्ञा खुकुलो भएपछि मुख्यबजार र व्यापारिक केन्द्रमा मानिसको चहलपहल बढेको छ । तर स्वास्थ्य मापदण्ड भने कमैले अपनाएका छैनन् ।
निषेधाज्ञा खुकुलो भएसँगै बजार षेत्रमा सञ्चालन भएका सार्वजनिक यातायातमा पनि स्वास्थ्य मापदण्ड लागू भएको छैन् । कोचाकोच गरेर यात्रु राख्ने गरिएको छ । जिल्लाबाट छुट्ने मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीको अवस्था पनि उस्तै रहेको छ । मास्कको उचित प्रयोग र सुरक्षा साबाधनीलेनै संक्रमणको दर घटाउन सक्ने भन्दै रेडक्रसले बजार क्षेत्रमा यो अभियान सञ्चालन गरेको रेडक्रस नुवाकोटका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिनु भयो ।


नेपाल मास्क अभियानमा रेडक्रस नुवाकोटका पदाधिकारी तथा सदस्यहरु, परियोजना अन्तर्गतका कर्मचारी र स्वयमसेबकहरुको शक्रियता रहेको थियो । बजार क्षेत्रमा रहेका नागरिकहरुलाई मास्क प्रयोग गर्ने तरिका, मास्कको आबाश्यक्ता र महत्वको बिषयमा जानकारी दिदै मास्क बितरण गरेको रेडक्रस नुवाकोटले जनाएको छ । साथै, नुवाकोट जिल्ला शाखा अन्तर्गत रहेका उपशाखाहरु मार्फत पनी नेपाल मास्क अभियान सञ्चालन गर्ने योजना रहेको बताइृएको छ । हरेक समुदाय रनागरिकहरुसम्म मास्क अभियान पुराउनको लागी रेडक्रसले स्वयमसेबकहरु मार्फत यो अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

 



तपाईको प्रतिक्रिया