Techie IT
×
गृहपृष्ठसमाचारकोरोना अस्पताल सञ्चालन

कोरोना अस्पताल सञ्चालन


नुवाकोटको म्यागङ गाउँपालिकाले कोभिड १९ अस्पताल संचालनका लागी आवश्यक जनशक्ती करार सेवामा पदपुर्ती गर्ने भएको छ ।
स्थानिय तहमा कोभिड १९ अस्पताल संचालन सम्वन्धी मार्गदर्शन अनुसार मेडिकल अधिकृत १ जनाका लागी गाउँपालिकाको कार्यालय देउरालीले दरखास्त आव्हान गरेको हो ।
मेडिकल अधिकृत पदका लागी एमविविएस परिक्षा उतिर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा उमेरको हकमा ४५ बर्ष ननाघेको हुनुपर्ने योग्यता निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवनकुमार प्याकुरेलले जानकारी दिनुभएको छ ।
ईच्छुक ब्यक्तिहरुले सुचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र गाउँपालिकाको कार्यालयमा निबेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ । स्थानीय तह सञ्चालन भएसँगै स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गर्दै आइरहेको म्यागङ गाउँपालिकाको कार्यालयले जनाएको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा बिरामीलाई आउन आकर्षित गर्नेदेखि औषधि खरिद गरी स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिनेसम्मको काम गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष आशा तामाङले जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य संस्थामा अभाव र समस्या आउन नदिनेगरी काम अघि बढाएको बताउनुभयो । बिरामीलाई स्वास्थ्य संस्थामा उपचार गर्न आउन प्रेरित गर्ने र औषधि नहुँदा बिरामी घर फर्कनुपर्ने वाध्यता हटाउनका लागि जोड दिएका छौं । गाउँपालिकास्थित सबै स्वास्थ्य संस्थामा नियमित कर्मचारी उपस्थित गराउने र बिरामीलाई सहजै उपचार गर्न पाउनेगरी व्यवस्था मिलाइएको छ ।
कोरोनाभाइरसको संक्रमणविरुद्ध लड्न म्यागङ गाउँपालिकाका प्रत्येक वडाका टोल–टोलमा रहेका आमा समूह, वडा अध्यक्ष, वडा सदस्य, स्वास्थ्यकर्मी लगायतलाई समेटेर सचेतना फैलाइरहेको उहाँले वताउनुभयो ।



तपाईको प्रतिक्रिया