Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रियअफगानस्थानमा रहेकाहरुको उद्धारको लागी नुवाकोटमा लगत संकलन

अफगानस्थानमा रहेकाहरुको उद्धारको लागी नुवाकोटमा लगत संकलन


जिल्ला प्रहरी कार्यालय नुवाकोटले अफगानस्थानमा रहेका आफ्ना परिवारको लगत बिवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
सबै स्थानिय तहलाई पत्र पठाउदै जिल्ला प्रहरी कार्यालय नुवाकोटले अफगानस्थानमा तालीवानीहरुले कब्जागरेसँगै नेपालीहरुको उद्धारको लागी लगत संकलन सुरु गरेको हो । अफगानस्थानको बिभिन्न स्थानमा रहेका ब्यक्तिहरुको बिवरण नजिककैको प्रहरी चौकि वा स्थानिय तह मार्फत उपलब्ध गराईदिन आग्रह गरेको हो । बैदेशिक रोजगारी वा अबैध माध्यमबाट अफगानस्थानमा रहेका ब्यक्तिहरुको उद्धारको लागी लगत संकलन गरेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयको पत्र अनुसार नुवाकोटमा लगत संकलन सुरु गरेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया