Techie IT
×
गृहपृष्ठअर्थमुद्धा फिर्ता गरे मुअब्जा आउछ : नगरप्रमुख सञ्जु पण्डित

मुद्धा फिर्ता गरे मुअब्जा आउछ : नगरप्रमुख सञ्जु पण्डित


बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पिपलटारदेखि ढुङगे सम्मका नागरिकहरुले साथ दिएमा गल्छि त्रिशुली रसुवागढी सडक स्तरउन्नती आयोजनाबाट मुअब्जा दिलाउने प्रतिबद्धता जनाउनु भयो ।
बिदुर नगरपालिका वडा नम्बर ४ को संगमचोकमा वडा कार्यालयको उद्धघाटन कार्यक्रममा नगरप्रमुख पण्डितले स्थानियहरुले सर्बोच्च अदालतमा दायर गरेको मुद्धा बिचाराधिन अबस्थामा रहेकाले मुअब्जाको बिषयमा निर्णय गर्न समस्या भएको बताउनु भयो । जिल्ला प्रशासन कार्यालय, बिदुर नगरपालिका र सडक आयोजना बिचमा मुअब्जाको बिषयमा पटक पटक छलफल भएकाले नागरिकहरुले साथ दिएमा तत्कालै मुअब्जा निर्धारण हने बताउनु भयो । आयोजना मुअब्जा दिने बिषयमा सकरात्मक रहेको बताउदै स्थानियहरुले अदालतमा बिचाराधिन मुद्धा फिर्ता लिएमा मुअब्जाको टुङगो लाग्ने बताउनु भयो ।

बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित

अदालतमा बिचाराधिन अबस्थामा रहेको बिषयमा आयोजनाले कुनै निर्णय गर्न नमिल्ने भएकाले हाल आयोजनामा कुनै पहलकदमि गर्न नसकिएको उहाँले प्रस्ट पार्नु भयो । गल्छि देखि रसुवागढी सम्मको सडकखण्डमा सबै नागरिकहरुलाई आयोजनाले एउटै ब्यबहार गर्ने भएकाले मुअब्जाको बिषयमा सडक आयोजना सकरात्मक रहेको उहाँले बताउनु भयो ।
एशियन स्ट्याण्डर मापदण्डको सडक स्तरउन्नती भैरहेकाले अदालतको ढिलाईका कारण बिकास निर्माणको काम रोक्न नमिल्ने समेत उहाँले बताउनु भयो । आयोजना अन्तर्गत निर्माणाधिन अबस्थामा रहेको सडक नगरपालिकाको लागी अबसर समेत रहेको बताउनु भयो । अन्तराष्ट्रिय मापदण्ड अनुसारको सडम नगर क्षेत्रमा बाह्य सहयोगले निर्माण हुृनु सुखद पक्ष रहेको बताउनु भयो ।
नगरक्षेत्र भित्र रहेका नागरिकहरुको समस्या समाधानको लागी बिदुर नगरपालिका आफैले पहल गर्ने र मुअब्जा दिलाउने बिषयमा ढुक्क हुन समेत उहाँले आग्रह गर्नुभयो ।
नुवाकोटबाट निर्बाचित सघिय सांसद, प्रदेश सांसद र स्थानिय तहका प्रतिनिधिहरुले तत्कालिन उपप्रधान एवं रक्षामन्त्रि र शहरी बिकास मन्त्रिको समेत ध्यानाकर्षण गराएकाले माथिल्लो निकायबाट सकारात्मक सन्देश आएको बताउनु भयो । बर्तमान सरकारले समेत सडक मुअब्जाको बिषयमा चासो राखेकाले अदालतमा बिचाराधिन अबस्थामा रहेको मुद्धा फिर्ता भएमा मुअब्जा निर्धारण गर्ने बाटो खुल्ने बताउनु भयो ।
पिपलटारदेखि ढुङगे सम्मका नागरिकहरुले हालको चलनचल्तिको दररेट अनुसार मुअब्जा पाउनु पर्ने माग राख्दै सर्बोच्च अदालतमा मुद्धा दायर गरेका छन् । हाल त्यो मुद्धा बिचाराधिन अबस्थामा रहेको छ । यस्तै, समस्या रहेको ढुङगेदेखि बेत्रावती सम्मका नागरिकहरुको मुअब्जाको बिषय समाधान भैसकेको छ ।



तपाईको प्रतिक्रिया