Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशबिबादको पर्यायबाचि : बट्टार क्याम्पस

बिबादको पर्यायबाचि : बट्टार क्याम्पस


बिदुर/सधैँ विवाद र चर्चामा आइरहने नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार फेरि विवादमा तानिएको छ ।
क्याम्पस प्रमुखको लापरबाहिले गर्दा बिद्यार्थि भर्ना देखि कक्षा सञ्चालन सम्म बन्द भएको छ । कहिले विद्यार्थी संगठनको झगडा, आन्दोलन त कहिले क्याम्पस अध्यक्षको विषयमा विवादका कारण चर्चामा आउने गरेको क्याम्पसमा यसपटक क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले दैनिक रुपमा त्रिभुवन बिश्व बिद्यालयलाई पत्र काट्ने तर आफु क्याम्पसमा उपस्थित नहुने भएपछी समस्या सिर्जना भएको हो ।
हाल कक्षा ११, १२ को भर्ना अभियान, स्नातक तहको परिक्षा तथा कक्षा सञ्चालनमा समेत क्याम्पस प्रमुखले नजरअन्दाज गर्न थालेका छन् । सँधै बिभिन्न बाहानामा काठमाण्डौ बस्ने, निमित्त अरुलाई नदीने गर्नाले बट्टार स्थित नुवाकोट आदर्श बहुमुखि क्याम्समा दैनिक कार्य सञ्चालनमा समेत समस्या भएको छ ।
क्याम्पसमा भएका प्राध्यापकहरुको करार निरन्तरता नगर्ने, बिभागिय प्रमुखहरु नतोक्ने, नयाँ प्राध्यापक नियुक्ति नगर्ने लगायतका कारण क्याम्पसमा समस्या भएको हो ।
केहि समय अगाडी सम्म क्याम्पस प्रमुख र संचालक समितिको मिलेमतोमा दिन प्रतिदिन अनैतिक कार्यहरु सम्पादन हुँदै आएको थियो । हाल क्याम्पसको बिधान निर्माण भई त्रिबिबाट स्विकृत भैसकेको छ । तर क्याम्पस प्रमुख पाण्डेले पुन त्रिबिलाई पत्र लेख्दै बाध्यता र दबाबमा आएर हस्ताक्षर गरेको भन्दै बिधान पारित नगर्न पत्र काटेका थिए । त्यसपछि दैनिक रुपमा क्याम्पस प्रमुखले क्याम्पसमा सञ्चालक समितिको चयन गर्न नदीन बिभिन्न तिकडम लगाउदै आएका छन् ।


पब्लिक क्याम्पस प्राध्यापक संघ नुवाकोट आदर्श बहुमुखी क्याम्पस अध्यक्ष जितेन्द्र अर्यालले क्याम्पस प्रमुखको लापरबाहिकै कारण आफुहरु समेत समस्यामा रहेको बताउनु भयो ।
लामो समयदेखि अध्यापन गराउदै आएको क्याम्पसमा आफुहरुको करार नबिकरण नभएको, बिदार्थिहरुको दैनिक शैक्षिक कार्यक्रममा बाधा परेको भन्दै निन्दा गर्नु भएको छ । क्याम्पस प्रंमुखले यस भन्दा अगाडी पनी प्राध्यापकहरुलाई हेप्ने काम गर्दै आएको उहाँले बताउनु भयो ।

क्याम्पस भित्र चरम आर्थिक अनियमितता, भौतिक संरचनाहरुको दुरुपयोग, कर्मचारी तथा प्राध्यापकहरुको नियुक्तिमा मनोमानी, राजनीतिक आस्थाका आधारमा विद्यार्थीहरुमाथि धाकधम्की र भेदभाव देखि संचालक समितिका सदस्यहरुमाथि समेत दुर्वव्यवहार हुँदै आएको छ । नुवाकोट, रसुवा र धादिङ गरि तिन जिल्लाका नागकिहरुले उच्च शिक्षा लिदै आएको क्याम्पसको अहिले गतिबिधिका कारण बिद्याथिृहरु समेत आजित भएका छन् । क्याम्पस प्रंमुख र सञ्चालक समितिचको नाममा हुँदै आएको टबराबले बिद्याथिहरुमा असर परेको अखिल क्रान्तिकारीका नेता राजेन्द्र पनेरुले बताउनु भयो ।

क्याम्पस प्रमुखले राजनितिक आस्था बोकेर मनोमानी ढंगबाट क्याम्पस प्रशासन सञ्चालन गर्न खोज्दा बिद्याथिहरुको भविष्यनै अन्धाकारमा परेको क्याम्पसमा अध्ययनरत बिद्यार्थि रामेश्वर गजुरेलले बताउनु भयो । .

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा दिनप्रतिदिन क्याम्पसका विरुद्धमा उजुरी थपिएकाछन् । पछिल्लो समय क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयलाई समेत गुमराहमा राखेर त्रिविको निर्देशनलाई समेत लत्याएको घट्ना बाहिरीएको छ । त्रि. वि. उपकुलपतिको कार्यालय योजना निर्देशनालयले तीनवर्ष अगाडि २०७४ चैत २ गते नै क्याम्पस को नयाँ बिधान बनाउन सुचना गरेको थियो । त्रिबिले सुचना जारी गरेको ४ बर्ष पछी बिधान निर्माण गरि पेस भएको छ । त्रिबिमा पेस भएको बिधान पारित गर्ने निर्णय भैसकेपछी फेरी क्याम्पस प्रमुख पाण्डेले पत्रचार गर्दै अर्को कर्तुत गर्न थालेका छन् । यस बिषयमा क्याम्पस प्रमुख पाण्डडेसँग सम्क्पर्क गर्दा आफु जिल्ला बाहिर क्याम्पसको आन्तरिक काममा ब्यस्त भएको भन्दै सम्पर्कमा समेत आउन चाहेका छैनन् ।
२०४२ सालमा पश्चिम १ नम्बर बिकास केन्द्र खारेज भएपछि उक्त स्थानमा क्याम्पस स्थापना भएको हो । पछिल्लो समय क्याम्पसमा भए गरेका अनियमितताको खबरहरु श्रृङखलाबद्धरुपमा बाहिरिन थालेको हो । क्याम्पसमा सधैं राजनीतिक खिचातानी, जालझेल षड्यन्त्र, हुनु र नुवाकोटको सबैभन्दा पुरानो र ठूलो क्याम्पसमा बेथितिको चाङ लाग्नु लाजमर्दो विषय बनेको भन्दै सामाजिक सञ्जालमा समेत चर्को आलोचना हुन थालेको छ ।

 

बट्टार क्याम्पस र त्रिबि बिचको पत्र

 



तपाईको प्रतिक्रिया