Techie IT
×
गृहपृष्ठअर्थसंगमको स्मार्ट एप्स

संगमको स्मार्ट एप्स


बिदुर/बिदुर नगरपालिका वडा नम्बर ४ मा केन्द्रिय कार्यालय रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले मोबाईल बैङ्किङ सेवा सुरु गरेको छ ।
संगम स्मार्ट नाम मोबाई बैङिकङ सेवाको सुरुवात गर्दै सहकारीले डिजिटल बैङ्किङ प्रणलीको सहकारी क्षेत्रमा सुरुवात गरेको हो । नुवाकोटमै पहिलो पटक संगम सहकारीले डिजिटल वालेटको सुरुवात गरेको हो ।
सहकारीको माबाईल याप्स सार्बजानिक गर्दै जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्ण न्यौपानेले जिल्लामा अग्रणि स्थानमा रहदै आएको संगम सहकारीले अरु सहकारी संस्थाहरुलाई पनी डिजिटल सेवा तर्फ लाग्न प्रेरित गरेको बताउनु भयो ।
२१ औँ सताब्दिमा कागज र फाईल बोकेर सहकारीको सेवा लिनु पर्ने बाध्यतालाई हटाउने तर्फ सहकारीहरु उन्मुख हुनु पर्ने बताउनु भयो । सबै क्षेत्रहरु डिजिट सेवातर्फ उन्मुख भएको समयमा संगम सहकारीले सुरुवात गरेको मोबाईल बैङिकङ प्रणली सफल हुने बताउनु भयो ।

जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्ण न्यौपाने

यस्तै, कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका पुर्ब अध्यक्ष बैकुण्ठ मिश्रले अहिलेको सुचना प्रबिधिको युगमा सहकारीले सुरुवात गरेको डिजिटल बैङिकङ सेवा सेवाग्राहि माझ अब्बल रहने बताउनु भयो । कागजरहित सेवा प्रणलीको बिकास गर्दै सहकारीको सेवा प्रबाहमा मोबाईल बैङिकङले थप अबसर सिर्जजना गरेको बताउनु भयो । साथै, पछिल्लो समय साईबर क्राईमका घटनाहरु बड्दै गएकाले गुणस्तरिय र सुचना प्रणलीको ब्यबस्थापनमा भने सहकारीले ध्यान दिनु पर्ने बताउनु भयो ।

जिल्ला सहकारी संघ नुवाकोटका पुर्ब अध्यष बैकुण्ठ मिश्र

कार्यक्रममा संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण श्रेष्ठले सहकारीमा नागरिकहरुको आकर्षण बढाउन र सेवालाई प्रभाबकारी बनाउने तर्फ सहारी सचेत रहेको बताउनु भयो । सहकारीमा आबद्ध रहेर सेवा लिने नागरिकहरुको समयको बचत तथा कागजी प्रकृयाबाट मुक्त बनाउदै डिजिटल सेवामा अग्रसर भएको बताउनु भयो । मोबाईल याप्स मार्फत सञ्चालन हुने डिजिटल बैङिकङ प्रणलीले रकम तथा सहकारीको सेवाको लागी कार्यालयसम्म आईपुग्नु पर्ने बाध्यता हटेको छ । सहकारीले सुरु गरेको मोबाईल बैङ्किङको बिशेषता र सुबिधाको बिषयमा सहकारीका कोषाध्यष दिनेशकुमार श्रेष्ठले जानकारी दिनु भएको थियो । पछिल्लो पुस्ता डिजिटल बैङिकङ प्रणलीमा निर्भर हुन थालेकाले युवा पुस्ताको रोजाईको लागी डिजिटल सेवा ल्याएको उहाँले बताउनु भयो । सहकारीमा आबद्ध रहेका सबै सदस्यहरुलाई डिजिटल प्रणलीको सुरुवात गराउदै कागजथरहित सेवा प्रबाहमा सहकारीले जोड दिदै आएको कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो । सुरुवाती समयमा सहकारीको याप्स मार्फत कारोबार गर्दा कुनै पनी सेवा शुल्क नलाग्ने भएको छ । सहकारीको याप्सबाट बैङकमा रकम जम्मा गर्न, सहकारीको आन्तरिक कारोबार, बिमा, ईन्टरनेट, तथा बिभिन्न क्षेत्रको रकम भुक्तानी गर्न सकिने जनाएको छ । हाल सहकारीको मोवाईल याप्स मार्फत हिमालयन बैङक र नेपाल ईन्भेष्टमेण्ट बैङक बाहेक सबै बैङकसँग कारोबार गर्न सकिने जनाएको छ ।
सहकारीले मोबाईल एप्स सार्बजानिक गर्दै सहकारीको सेवालार्य थप बिस्तार गर्ने योजना समेत बनाएको छ । बट्टार स्थित आप्mनै कार्यालयबाट सेवा प्रबाह गर्देै आएको सहकारीले आगामि दिनमा नुवाकोटको बिभिन्न स्थानबाट सेवा प्रबाह गर्ने लक्ष्य समेत लिएको छ ।

 



तपाईको प्रतिक्रिया