Techie IT
×
गृहपृष्ठअर्थराष्ट्रिय अध्यक्षमा ढकालको उम्मेदवारी

राष्ट्रिय अध्यक्षमा ढकालको उम्मेदवारी


गछिया जेसिजका पुर्व अध्यक्ष जेसि अमिष ढकालले नेपाल जेसिजको अध्यक्षमा उम्मेदवारी दिने घोषण गर्नु भएको छ ।
नेपाल जेसिज बर्ष २०२२ को राष्ट्रिय अध्यक्षमा उहाँले उम्मेद्धपवारी दिने घोषणा गर्नुभएको हो । जेसिज अभियानमा लामो समयदेखि समाहित हुँदै आउनु भएका उहाँ जेसिज अभियान्ताहरु माझ जुझारु र क्रियाशील व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । सकारात्मक सोचका साथ जेसिज अभियानलाई द्रुतगतिमा अगाडी बढाउन उहाँले आफ्नो उम्मेद्धवारी रहने घोषणा गर्नु भएको हो । जेसिज अभियनमा लागेमा युवाहरुले उहाँलाई स्पष्ट र निडर बक्ताको रुपमा चिन्ने गर्दछन् । समयानुकुल रुपमा आफुलाई परिबर्तन गर्न सक्ने, युवाहरु माझ निक्कैनै घुलमिल हुने ब्यक्तिमा उहाँ रहनु भएको छ । लामो समय देखि सुचना तथा प्रबिधिको ब्यबसायमा लाग्नु भएका उहाँले नेपाल जेसिज र सबै शाखाहरुलाई प्रबिधि मैत्रि बनाउने योजना लिनु भएको छ । नेपाल जेसिज र शाखाहरुमा पुर्ण प्रबिधिमैत्रि बनाउदै जेपसज अभियानलाई सार्थकता दिने यहाँको दृढ सोच रहेको छ ।
देशभर अभियान चलाएर युवाहरुलाई जेसिजमा आवाद्ध गराउने र युवाहरूलाई उधमिशिलतासंग जोडेर नेतृत्व बिकास, क्षमता विकास र आयआर्जनतर्फ आकार्षित गराउने ाफ्नो योजना रहेको उहाँले बताउनु भयो । जेसिजमा रहेका १८ देखि ४० बर्षसम्मका युवाको हितमा आफुले कार्यक्रम ल्याउने उहाँको भनाई छ । युवाहरुलाई सक्षम बनाउन उनिहरुको बित्तिय स्वतन्त्रताको आवश्यक्ता पर्ने हुनाले सकेसम्म धेरै युवाहरूलाई उधमी बनाउने ढकालले योजना रहेको छ । ब्यक्तिगत स्वतन्त्रता उद्यमशिलता मार्फतबाटनै झल्किने भन्दै उहाँले जेसिजमा आबद्ध भएका सबै युवाहरुलाई ब्यउबसायिक यउात्रामा जोढ्ने कल्पना गर्नु भएको छ । सामुहिक कार्य योजनाका साथ अगाडी बढ्न रुचाउने ढकाल नेसिजको बिपिभन्न तहमा रहेर नेतृत्व गरिसक्नु भएको छ ।
सन् २०१७ मा गछिया जेसिजको अध्यक्ष रहनु भएका उहाँ नेपाल जेसिजको वर्ष २०१८ मा उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । त्यस्तै नेपाल जेसिज वर्ष २०१९ मा कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
गछिया जेसिजको पाँचौं बोर्ड बैठक तथा तेस्रो साधारणसभाको निर्णय अनुसार सन् २०१७ का अध्यक्ष ढकाललाई नेपाल जेसिज वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिने सर्वसम्मत निर्णय गरिएको गछिया जेसिजका महासचिव रोशन खनालले जानकारी दिनु भयो ।
स्थापनाको छोटो समयमा उत्कृष्ट गतिविधि गरि देशभर रहेका जेसिजसहकर्मीहरुको मन जित्न सफल गछिया जेसिजले सबै जेसिज अभियान्ताहरुलाई साथ र सहयोगको अनुरोध गरेको छ । जेसिजको बिभिन्न तहमा रहेर कुशलता पुर्बक कार्य सम्पन्न गरिसक्नु भएका ढकाल संस्थागत चुनोति स्विकार गर्न सक्ने ब्यक्तिको रुपमा दर्ज हुनु भएको छ ।



तपाईको प्रतिक्रिया