Techie IT
×
गृहपृष्ठराजनीतिकाँग्रेस तादीको सभापतीमा पाण्डे साझा उम्मेद्धवार

काँग्रेस तादीको सभापतीमा पाण्डे साझा उम्मेद्धवार


नुवाकोट/नेपाली काँग्रेसको आसन्न १४ औ महाधिबेसन नसजिकिएसँगै नुवाकोटमा पालिका सभापतीमा बिभिन्न ब्यक्तिहरुले दाबि प्रस्तुत गर्न थालेका छन् ।
भदौ २१ गते सम्पन्न भएको वडा अधिबेसन पछी असोज ९ गते पालिकाहरुको अधिबेसन मिति तोकिएको छ । असोज ९ गते हुने पालिका अधिबेसनमा नुवाकोटका १२ वटै स्थानिय तहमा बिभिन्न ब्यक्तिहरुले आफ्नो दाबि प्रस्तुत गर्न थालेका छन् । केहि स्थानिय तहहरुमा पुरानै ब्यक्तिले दाबि गर्न थालेका छन् । भने केहि स्थानिय तहहरुमा नयाँ ब्यक्तिहरु देखिन थालेका छन् । वडा तहबाटनै युवाहरुको सक्रियता बढेसँगै स्थानिय तहमा समेत युवाकै नेतृत्वको चर्चा सुरु हुन थालेको छ ।
नुवाकोटको १२ वटै स्थानिय तहमा काँग्रेस पालिकाको नेतृत्व सर्बसहमत तबरले चयन गर्नुपर्ने आबाज समेत उठ्न थालेको छ । नुवाकोटको तादी गाँउपालिकामा ३ जना ब्यक्तिहरुले पालिका सभापतीमा लबिङ गर्न थालेका छन् ।
तादी गाँउपालिकामा पालिका अध्यक्ष समेत रहनु भएका नारायणप्रसाद पाण्डे, बिष्णु पाठक र दिनेश खनालले गाँउपालिका आफ्नो पक्षमा पार्नको लागी आआफ्नो लबिङ गरिरहेका छन् । मुलुकमा संघियता कार्यान्वयन आएसँगै तादी गाँउपालिका पाटि सभापतीको रुपमा पालिका अध्यक्ष समेत रहनु भएका नारायण प्रसाद पाण्डे रहदै आउनु भएको छ । त्यस भन्दा अगाडी तत्कालिन खरानिटार गाँउ बिकास समितिको २ कार्यकाल निर्बिरोध गाँउ सभापती समेत उहाँ रहनु भएको थियो । नेपाल बिद्यार्थि संघको बिद्यार्थि राजनितिबाट नेतृत्वमा आउन थाल्नु भएका उहाँ कुशल संगठकको रुपमा समेत रहनु भएको छ । संगठनको बिधान र बिधिलाई सबैलाई समेटेर अगाडी बढ्न सक्ने नेताको रुपमा पाण्डे रहदै आउनु भएको छ ।
लामो समय सम्म बिद्यार्थि राजनितिमा रहनु भएका उहाँ तत्कालिन खरानिटार गाँउ बिकास समितिको २ कार्यकाल निर्बिरोध सभापती हुँदै पालिका संयोजक समेत भएर काम गरिसक्नु भएको छ । सबै नेता तथा कार्यकर्ताहरुको मन जित्न सक्ने क्षमता भएकै कारण पुन उहाँलाई तादी गाँउपालिकाको सभापतीमा निर्बिरोध गर्नुपर्ने वडा सभापतीहरुले बताउन थालेका छन् । तादी गाँउ पालिकामा केहि ब्यक्तिहरुले आकाङक्षा राखेता पनी अन्तिममा पाण्डे सबैको साझा उम्मेद्धवारको रुपमा रहने काँग्रेसिहरुलेनै बताउन थालेका छन् । साझा छबि भएकै कारण उहाँलाई काँग्रेस केन्द्रिय सदस्य डाक्टर रामशरण महत, अर्जुन नरसिङकेसी, डाक्टर प्रकाश शरण महत लगायतको समर्थन रहेको छ । जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै नेताहरुको समर्थन र काँग्रेस क्रियाशिल सदस्य तथा क्षेत्रिय प्रतिनिधिहरुको समर्थन समेत पाण्डेलाईनै रहेको बुझिएको छ ।
तादी सँगै अरु कतिपय पालिकामा उम्मेदवारहरु बिच सर्वसम्मतको प्रयास भैरहेको छ भने कतिपय कुनै पालिकामा आकाँक्षीहरु धेरै देखाएर अन्तिममा आफनो नजिककोलाई सभापति बनाउने दाउमा नेताहरु जुटेको देखिन्छ ।
गत भदौ २१ गते सम्पन्न वडा अबिधेसनमा आफ्नै भनिएका मान्छेहरु वडा बाटै बडारिएपछि नुवाकोट काँग्रेसको लामो ईतिहास लामा र भाई महतले हुत्याउने प्रवल सम्भावना देखिएको पुराना काँग्रेसका नेताहरुले बताउन थालेका छन् ।

 



तपाईको प्रतिक्रिया