Techie IT
×
गृहपृष्ठपत्रपत्रिकाछाडा कुकुरको बन्ध्यकरण गर्दै बिदुर नगरपालिका

छाडा कुकुरको बन्ध्यकरण गर्दै बिदुर नगरपालिका


नुवाकोटको बिदुर नगरपालिकामा सामुदायिक कुकुरहरुको बन्ध्याकरण र रेबिज बिरुद्धको खोप लगाउने अभियान सञ्चालन भैरहेको छ ।
नगर क्षेत्रमा रहेका भुस्याहा कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण र रेबिज बिरुद्धको खोप लगाउन थालिएको हो । भुस्याहा कुकुर नियन्त्रण तथा ब्यवस्थापनको लागि कुकुर बन्ध्याकरण गर्न अघिल्लो आर्थिएक बर्षबाट सुरु गरेको थियो । अघिल्लो आर्थिक बर्षमा बिदुर नगरपालिकामा २ सय ४४ वटा कुकुरको बन्ध्याकरण गरेको थियो । असोज १ गतेबाट सुरु भएको यस आर्थिक बर्षमा २ सय ३ वटा कुकुरको बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप लगाईएको नगरपालिकाले जनाएको छ ।
नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा नगरपालिकाले अघिल्लो आर्थिकबर्षबाट सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको थियो । सहरी क्षेत्रमा छाडा कुकुरहरुले झुण्ड बनाएर मानिस तथा पशुमा आक्रमण गर्न थालेपछि न्यूनीकरणको लागि बन्ध्याकरण सुरु गरिएको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनु भयो । बन्ध्याकरणले भुस्याहा कुकुरको संख्या घटाउन र कुकुरकै कारण बढने सडक दुर्घटनामा कमी ल्याउने अपेक्षा गरिएको बताउनु भयो ।

बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित

भुस्याहा कुकुरको ज्याजती नियन्त्रण गर्न यस्ता अभियान हरेक वर्ष सञ्चालन गर्ने योजना रहेको बिदुर नगरपालिकाले जनाएको छ । पछिल्लो समय नगरपालिकाका विभिन्न स्थानमा भुस्याहा कुकुरले झुण्ड बनाएर साना पशुहरुमा आक्रमण गर्ने कार्य समेत बढ्दै गएको थियो । समुदायमा रहेका कुकुरहरुको बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप प्रत्यक बर्ष लगाउदै जाने योजना बिदुर नगरपालिकाको रहेको नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले बताउनु भयो ।

बिदुर नगरपालिकाका उपप्रमुख गिता कुमारी दाहाल

समुदाय सतरमा छाडा छाडिएका कुकुरहरुको बन्धिकरणले नागरिकहरुमा पर्दै गएको असर क्रमस रोकिदै जाने छ । प्रत्यक बर्ष छाडा रहेका कुकुरहरुको संकलन गरि बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप लगाउने अभियानले नगर क्षेत्रमा कुकुरको संख्या न्युनिकरण तथा रेबिज बिरुद्धको अभियानमा सहयोग पुग्दै आएको छ ।



तपाईको प्रतिक्रिया