Techie IT
×
गृहपृष्ठप्रविधीकार्डसन मार्फत त्रिशुली अस्पताललाई ४२ लाखको सहयोग

कार्डसन मार्फत त्रिशुली अस्पताललाई ४२ लाखको सहयोग


सामुदायिक तथा ग्रामिण बिकास समाज नेपाल कार्डसनले त्रिशुली अस्पताललाई ४२ लाख रुपैयाँ बरारबको स्वास्थ्य उपकरण तथा सामाग्री हस्तान्तरण गरेको छ ।
कार्डसनले सञ्चालन गर्दै आएको परियोजना मार्फत जापान प्ल्याटफर्मको आर्थिक सहयोगमा भेन्टिलेटर २ थान, आईशियु बेड २ थान सहित सम्पुर्ण उपकरण र स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।
कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले स्थानिय स्तरमा रहेका सबै सामाजिक संघ संस्थाहरुको सहकार्यलेनै संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सहज हुने बताउनु भयो ।
कार्डसन मार्फत उपलब्ध भएको स्वासथ्य सामाग्रीले नुवाकोट, रसुवा र धादिङका केहि नागरिकहरुले गुणस्तरिय सेवा लिने अबसर पाएको उहाँले बताउनु भयो । उपलब्ध भएको स्वासथ्य सामाग्रीको संरक्षण र सदुपयोगको लागी नगरपालिकाले त्रिशुली अस्पतालसँग सहकार्य गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनु भयो ।

बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कार्डसनका अध्यक्ष पदम उप्रेतीले सामाजीक संस्था माथी समुदायका नागरिकह्रुले अनाबश्यक टिका टिप्पणी गर्ने गरेको बताउनु भयो । सामाजिक कार्यमा शक्रिय रहेको संघ संस्थाहरुलाई समुदायका केपह नागरिकहरुले हर्ने नजर फरक रहेकाले आफैबाट त्यसको सुरुवात गरेृको बताउनु भयो । त्रिशुली अस्पताललाई उपलब्ध गराएको स्वासथय सामाग्रीको क्रयमुल्यसहित पारदर्शि रुपमा सामाग्री हस्तान्तरण गरेको उहाँले् बताउनु भयो ।

सामुदायिक तथा ग्रामिण बिकास समाज नेपाल कार्डसन का अध्यक्ष पदम उप्रेती

यस्तै, कार्डसन मार्फत उपलब्ध भएको सामाग्री बुझ्दै त्रिशुली अस्पताल बिाकस समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानलेले उपलब्ध श्रोतथ र साधनहरुलाई अधिकतम प्रयोग गर्दै नागरिकहरुको सेवामा अस्पताल तत्पर रहेको बताउनु भयो । तिन जिल्लाका नागरिकह्रुले उपचारको सेवा लिने अस्पतालको रुपमा त्रिशुली अस्पताल बिकास भैसकेकाले कार्डसन मार्फत उपलब्ध भेन्टिलेटर र आईशियु बेडलाई कोरोनाको तेश्रो वेभको तयारीको रुपमा रहेको बताउनु भयो ।

त्रिशुली अस्पताल बिकास समितिका अध्यक्ष अर्जुन न्यौपाने

कार्यक्रममा त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेण्डन डक्टर दिपेन्द्र पाण्डेले त्रिशसली अस्पताल अहिले कोरोनाको तेश्रो वेभको तयारीमा रहेको बताउनु भयो । हाल अस्पतालमा मौज्दात सामाग्रीहरुको प्रयोग र त्यसका लागी जनशक्ति ब्यबस्थापनमा शक्रिय रहेको बताउनु भयो । कोरोनाबाट हुन सक्ने संभाबित प्रभाबको मुल्याङकन गर्दै उपलब्ध सामाग्रीहरुको अधिकतम प्रयोग गर्नेमा अस्पताल प्रशासन जुटेको बताउनु भयो ।

त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेण्डन डाक्टर दिपेन्द्र पाण्डे

कार्डसनले त्रिशुली अस्पताललाई ४२ लाख रुपैयाँ भन्दा माथीको सामाग्री उपलब्ध गराएको छ । जापान प्लयाटफर्मको आर्थिक सहयोगमा सान्ति भोलेन्टियर एशोसिएसन, र सामुदायिक तथा ग्रामिण बिकास समाज नेपाल कार्डसन मार्फत उक्त सामाग्री उपलब्ध गरार्यएको हो । यस्तै गरि कार्डसन मार्फत नुवाकोटको तादी गाँउपालिकामा रहेको खरानिटार अस्पताल र शिबपुरी अस्पतालमा समेत केहि स्वास्थ्य सामाग्री तथा उपकरणहरु उपलब्ध गराएको छ। यस्तै, धादिङ जिल्ला अस्पतालमा समेत उक्त सामाग्री उपलब्ध गराएको कार्डसनका परियोजना संयोजक बिशाल गौतमले जानकारी दिनु भयो ।



तपाईको प्रतिक्रिया