Techie IT
×
गृहपृष्ठअर्थसमायोजित भाडा कार्यान्वयन नभए यातायातका साधन बन्द

समायोजित भाडा कार्यान्वयन नभए यातायातका साधन बन्द


बिदुर/नुवाकोट र रसुवा जिल्लाबाट सञ्चालन हुने यातायात ब्यबसायिहरुले संयुक्त प्रेस बिज्ञप्ति जारी गरेका छन् ।
दिनानुदिन तेलमा भएको मुल्यबृद्धि, राजस्वमा भएको कर बृद्धि लगायतका कारण रहदा पनी सार्बजानिक यातायातका साधनहरुको भाडादर समायोजन नँहुदा ब्यसायिहरु मारमा परेको भन्दै संयुक्त बिज्ञप्ति जारी गरेका हुन् । राज्यले भाडादर समायोजन गर्ने निर्णय गरेको र त्यसै मितिबाट लागु भएता पनी कार्यान्वयनको पाटोमा सरकारी पक्षनै फितलो भएपछी हाल सम्म यातायात ब्यबसायिहरुले घाटामा सबारी सञ्चालन गर्दै आएका छन् ।
गत असार २७ गते नेपाल सरकार भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयमा भएको निर्णय अनुसार सार्बजानिक यातायातका साधनहरुको भाडा दर २८ प्रतिशत समायोजन गरिसकेको छ । तर ब्यबहारिक रुपमा कार्यान्वयन नँहुदा लामो समय देखि यातायात ब्यबसायिहरु पुरानै भाडादरमा सबारी सञ्चालन गर्न बाध्य भएका छन् । पछिल्लो समय राज्यले तोकेको समायोजित भाडादर कायम गरि सबारी सञ्चालन गर्दा प्रहरी÷प्रशासनलेनै दुखद दिने नियतले कारबाहि गर्ने लगायतका कारण पनी ब्यबसायिहरु मर्कामा परेको नेपाल माइक्रोबस कम्पनी प्रालीका संयोजक सन्तोष उप्रेतीले बताउनु भयो ।
नुवाकोट र रसुवा जिल्लाबाट सञ्चालनमा रहेका सार्बजानिक यातायातका ब्यबसायिहरुले बिज्ञप्ति मार्फत ध्यानाकर्षण गर्दै राज्यबाटनै यातायात ब्यबसायिलाई दुख दिने नियतले बिभिन्न कारण देखाई धरकपट र अस्वभाबिक जरिवाना गर्न थालेकाले समायोजन गरिएको भाडादरको अबिलम्ब कार्यान्वयनको सुनिस्चितताको माग गरेको नमस्ते पासाङ ल्हामु यातायात प्रालीका अध्यक्ष कुलबहादुर खड्गीले बताउनु भयो ।
नुवाकोट जिल्लाबाट सार्बजानिक यात्रुबहाक बस तथा माईक्रो बस सबारी साधनहरुले नुवाकोट, रसुवा र काठमाण्डौ लगायत देशको बिभिन्न स्थानहरुका साथै नुवाकोट रसुवाका अधिकाँस ग्रामिण स्थानहरुमा सेवा दिदै आईरहेको छ ।
कोभिड १९ महामारिको कारणले लथालिङग, अस्तब्यबस्त भएको यातायात सेवा सञ्चालन गर्न राज्यले सहयोग गर्नुको साटो ब्यबसायिहरुलाई निरुत्शाहित गर्ने निति लिएकाले समायोजन भएको भाढा अबिलम्ब कार्यान्वयन नभए सोमबार बाट कुनै पनी सार्बजानिक सबारी सञ्चालन नगर्ने टिमुरे यातायात प्रालीका अध्यक्ष प्रकाश जोसीले जानकारी दिनु भयो । संयुक्त प्रेस बिज्ञप्तिमा केरुङ यातायात प्रालीका संयोजक रामराजा बोगटी, छाङगेश्वर यातायात प्रालीका उपाध्यक्ष गोपिलाल श्रेष्ठ, नेपाल माइक्रोबस कम्पनी प्रालीका संयोजक सन्तोष उप्रेती, नमस्ते पासाङ ल्हामु यातायात प्रालीका अध्यक्ष कुलबहादुर खड्गी, टिमुरे यातायात प्रालीका अध्यक्ष प्रकाश जोसीले हस्ताक्षर गर्नुभएको छ । ब्यबसायिहरुको माग सम्बोधन नभएमा सोमबारबाट सार्बजासिनक यातायातका साधन अनिस्चितकालका लागी ठप्प पार्ने चेतावनी दिएका छन् ।

 



तपाईको प्रतिक्रिया