Techie IT
×
गृहपृष्ठअर्थप्रतिबद्धता पुरा गर्न १५ दिनको अल्टिमेटम

प्रतिबद्धता पुरा गर्न १५ दिनको अल्टिमेटम


नेपाल बिद्युत प्राधिकरणले नुवाकोटको देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजनाले स्थानियवासी, जनप्रतिनिधिहरु र सरोकारवालाहरुसँग बिगतमा गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै युवा संघर्ष समितिले आयोजनाको ध्यानाकर्षण गराएको छ ।
२५ मेगावाट क्षमताकोे सोलार ग्रिड प्यानलले स्थानीय स्तरमा गरिनुपर्ने बिकास निर्माणलाई बेवास्ता गरेको भन्दै प्रभावित वासिन्दाहरुले आयोजना प्रमुख बिकार रघुबंसिलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । १५ दिनको अल्टिमेटम सहित यस अघि भएका प्रतिबद्धता कार्यान्वयन नहुनको कारण युवाहरुले लिखित रुपमा माग गरेका छन् ।
नगरपालिका क्षेत्रकै बिभिन्न भुगोलामा नेपाल बिद्युत प्राधिकरणले नेपालमै ठुलो सोलार ग्रिड मानिएको उक्त आयोजना निर्माण गरिरहेको छ । निर्माण कार्यको आरम्भ हुँदा स्थानिय प्रभावित क्षेत्र र त्यहाँका जनताको हकमा आयोजनाले गरेको प्रतिवद्दता पुरा गर्न युवाहरुले माग गरेका छन् । विदुर नगरपालिका वडा नं. १२ चारघरेका रोजिना ढुङगानाको संयोजकत्वमा युवाहरुले युवा संघर्ष समिति गठन गरेका छन् । युवा संघर्ष समितिले यस भन्दा अगाडी आयोजनाले जनाएको प्रतिबद्धता तत्कालै कार्यान्वयन गर्न माग गरेको छ ।
यस भन्दा अगाडी पनी सोलार सरोकार समिति गठन गरेर स्थानिय प्रभाबित नागरिकह्रुले पटक पटक आयोजना र स्थानिय तहको ध्यानाकर्षण गराएको छ । बाताबरणिय प्रभाब मुल्याङकनको क्रममा समेत स्थानियहरुको जायज मागको सम्बोधन हुनु पर्ने उल्लेख छ । बाताबरणिय प्रभाब मुल्याङकनमा समाबेस भएका बिषय र आयोजनाको तर्फबाट भएको प्रतिबद्धता कार्यान्वयन नभएकाले युवाहरुले शक्रियता देखाएका हुन् ।
स्थानिय प्रभाबित तथा युवा संघर्ष समितिले ध्यानाकर्षण गराउँदै ग्रीड सोलार आयोजनाले स्थानीय प्रभावित जनतासँग सरोकार नराखी न्यूनतम प्रभावित जनताको माग पनि पुरा नगरेको जनाएको छ । पटक पटक स्थानिय नागरिकहरुले सोलार आयोजनासँग बिकासका प्रतिबद्धता पुरा गर्न आग्रह गरे पनि आयोजनाले टार्दै आएको छ ।
आयोजना, निर्माण कम्पनी, स्थानिय प्रभाबित र वडा कार्यालयसँग भएको प्रतिबद्धता समेत पुरा नभए पछि प्रभाबित नागरिकहरु आक्रोशित भएका हुन् । आयोजनाले देबिघाट जलविद्युत् केन्द्रदेखि नौबिसे ज्यामिरेसम्म सडक स्तरउन्नती गर्ने, गौरीबेशीचोकदेखि महेन्द्र माविसम्म सडक स्तरउन्नती गर्ने, आयोजनाले स्थानिय प्रभावितहरुलाई रोजगारी दिने लगायतका मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनी कार्यान्वनमा भने आयोजनाले चासो देखाएको छैन् ।
आयोजना र निर्माण कम्पनीले एक अर्कालाई देखाउदै पन्छिदै आएको छ । आयोजनाले आफ्ना मागहरु पुरा नगरेमा १५ दिन पछि बृहत आन्दोलनको घोषण गर्ने युवा संघर्ष समितिका बिनोद कोईरालाले बताउनु भयो । प्रभाबितहरुको मागलाई बेवास्ता गरेमा आयोजना निर्माणमा प्रभाबित बनाउने समितिले जनाएको छ । लामो समयसम्म आयोजनाले गरेको प्रतिबद्धता पुरा नगरेपछि युवा संघर्ष समिति गठन गरेर अगाढी बढ्नु परेको संघर्ष समितिका संयोजक रोजिना ढुङगानाले बताउनु भयो ।



तपाईको प्रतिक्रिया