Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशबालबिकास सहजकर्ताको तलब बढाउने नुवाकोटमै पहिलो गाँउपालिका : तादी

बालबिकास सहजकर्ताको तलब बढाउने नुवाकोटमै पहिलो गाँउपालिका : तादी


तादी गाँउपालिकामा  बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुको न्युनतम तलब श्रम ऐन अनुसार १५ हजार पु¥याएको छ ।
यस बर्षको बजेटमा सङ्घीय सरकारले दुई हजार मात्र तलब बढाएर बाँकि सात हजार स्थानिय तहले बेहोर्ने ब्यबस्था बजेट भाषणमा ल्याएको थियो । त्यसै अनुरुप बाँकि न्युनतम ७ हजार रुपैयाँ तादी गाँउपालिकाले गाँउ सभाबाट निती तथा कार्यक्रममा पारित गरि न्युनतम तलबमान १५ हजार पु¥याएको हो । नुवाकोटमा अरु स्थानिय तहले बजेटले त्यति धेरै तलब धान्न नसकिने भन्दै तलब बढाउन नमानिरहेको अवस्थामा तादी गाँउपालिकाले आन्तरिक आम्दानी खासै नभएपनी संघिय सरकारले तोके अनुसारनै  पूरै ब्यहभार लिन अग्रसर देखिएको छ ।
गाँउपालिकाको निती तथा कार्यक्रममा नै राखेर बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीहरुको तलब १५ हजार रुपैयाँ पुराएको हो । गाँउपालिकाको बजेट तथा कार्यक्रममा समेत बाल विकास सहजकर्तामा कार्यरत शिक्षक र विद्यालय कर्मचारीहरुको तलबका लागि बजेट विनियोजन गरेको गाँउपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डेले बताउनु भयो ।
मासिक तिन हजार बाट पढाउन शुरु गरेका बाल विकास सहजकर्ताको तलबमान केन्द्र सरकारले ८ हजार अनुदान दिने र बाँकि ७ हजार गाँउपालिकाले दिने गरि मासिक १५ हजार पुराउने गरी गाँउसभाबाट व्यवस्था गरिएको उहाँले जानकारी दिनु भयो । त्यस्तै न्यून तलबभत्ता पाउँदै आएका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारी, निजि श्रोतका शिक्षकहरुका लागि पनि प्रतिमहिना न्युनतम १५ हजार रुपैयाँ पुग्ने गरि तादी गाँउपालिकाले  बजेट ब्यबस्था गरेको शिक्षा अधिकृत खगेन्द्र सिह धामीले बताउनु भयो ।
तादी गाँउपालिकामा कार्यरत रहेका सबै बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले साउन देखिनै श्रम ऐन अनुसार मासिक १५ हजार रुपैयाँ तलब बुझेका छन् ।
तादी गाँउपालिकामा बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको रुपमा ६५ जना कार्यरत रहेका छन् । उनिहरु सबैको न्युनतम तलबमान श्रम ऐन अनुसार १५ हजार रुपैयाँ पुगेको छ ।
नुवाकोट जिल्लाका अन्य पालिकाले भने बजेटमा बाल विकास सहजकर्ताको पारिश्रमिक सम्बन्धी केही खुलाएका छैनन् । वर्षौँदेखि न्यून पारिश्रमिकमा अध्यापन गराउन बाध्य बाल विकास सहजकर्ता  र विद्यालय कर्मचारीहरुको तलब वृद्धि भएपछि उनीहरुमा थप हौसला बढेको तादी गाँउपालिकाका शिक्षा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र सिह धामीले बताउनु भयो ।
केन्द्र सरकारले ८ हजार रुपैयाँ अनुदान दिने र बाँकि स्थानिय तहमा ब्ययभार पर्ने गरि न्युनतम १५ हजार तलब पुराउने निती तथा कार्यक्रम ल्याएको थियो । केन्द्र सरकारले ल्याएको निती अनुरुपनै तादी गाँउ पालिकाको गाँउसभाबाट निती तथा कार्यक्रममा राखेर बाँकि तलबको ब्यबभार गाँउपालिकाले लिएको हो ।
नेपाल सरकारले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकमा बृद्धि गरी ८ हजार पु¥याएको र न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानिय तहले बेहोर्ने व्यवस्था मिलाएको थियो ।



तपाईको प्रतिक्रिया