Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाँग्रेस नुवाकोटमा केसीको बिराशत तोडियो

काँग्रेस नुवाकोटमा केसीको बिराशत तोडियो

मत परिणम सहित


नेपाली काँग्रेस नुवाकोटमा महत पक्षको प्यानलनै बिजयी भएको छ ।
काँग्रेस नुवाकोटमा २५ बर्ष पछी केसी परिवारको बिराशत तोड्दै जिल्ला सभापतीमा रमेशकुमार महत बिजयी हुनु भएको हो । प्रदेश सभा निर्बाचन क्षेत्र र प्रतिनिधि सभा निर्बाचन क्षेत्रमा जस्तै जिल्ला निर्बाचनमा केसी पक्षका उम्मेद्वारहरुले हार ब्येहोरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटको नेतृत्व चयनको लागि भएको निर्बाचनमा रमेश कुमार महतले १० मत अन्तरले बिजय हाँसिल गर्नु भएको छ । महत र तामाङ पक्षका नेताहरुको समर्थनमा उहाँले जिल्ला सभापतीमा ८ सय ३३ मत प्राप्त गरि बिजयी हुनु भएको छ । यस्तै, सभापतीका अर्का उम्मेद्वार डाक्टर केदार नरसिकेसीले ८ सय २३ मत प्राप्त गर्नुभएको छ ।
काँग्रेस नुवाकोटको नेतृत्वमा महतको जितसँगै केसी समूहको राज समाप्त भएको छ । सधैं केसी र महत समूहको प्रतिष्पर्धाले नुवाकोटको कांग्रेस राजनीति चर्चामा आउने गर्दछ । यसपटक पनि नुवाकोट कांग्रेसको अधिवेशनमा सबै क्षेत्रको नजर परेको थियो ।
सार्वजनिक भएको मत परिणाम अनुसार जिल्ला उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा बिजयी हुनु भएको छ । तामाङले ८ सय ४६ र थापाले ७ सय ५१ मत प्राप्त गरि बिजयी हुनु भएको छ । यस्तै, उपसभापतीका उम्मेद्वार उपेन्द्र कुईकेलले ७ सय ४८, होमबहादुर तामाङले ६ सय ८२ र स्वतन्त्र उम्मेद्वार ठाकुर८७ मत प्राप्त गर्नुभएको छ ।
दुई जना निर्वाचित हुने उपसभापती पदमा पाँच जनाको उम्मेदवारी परेको थियो । जसमा केसी पक्षबाट उपेन्द्र कुइँकेल र होमबहादुर तामाङ थिए भने महत पक्षबाट सन्तमान तामाङ र राजु थापा रहनु भएको छ । यस्तै, स्वतन्त्र उम्मेद्वारको रुपमा ठाकुरजंग पाण्डेले उम्मेद्वारी दिनु भएको थियो ।
यस्तै, सचिवमा बैकुण्ठ मिश्रले सबै भन्दा बढि मत ल्याउनु भएको छ । उहाँले ९ सय मत प्राप्त गर्नुभएको छ । महत प्यानलकै सचिब पदका उम्मेद्वार बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ निर्बाचित हुनु भएको छ । मिश्रले ९ सय मत र श्रेष्ठले ८ सय २९ मत प्राप्त गरि बिजयी हुनु भएको हो । उहाँहरु दुबै जना महत प्यानलका हुन् । केसी प्यानलका सचिबका उम्मेद्वारहरु शिवप्रसाद दाहालले ७ सय २ मत र शंकर पाण्डेले ६ सय ७९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल निर्बाचित हुनु भएको छ । पाठकले ८ सय ८८ मत र नेपालले ८ सय २३ मत प्राप्त गरि निर्बाचित हुनु भएको हो । केसी प्यानलबाट सह सचिबमा उम्मेद्वार रहनु भएका झमकराज गुरुङको६ सय ८८ मत र रुपबहादुर तामाङको ६ सय ८४ मत आएको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगत जिल्ला कार्यसमितिको निर्वाचनका लागि शुक्रबार राती १२ बजेसम्म मतदान भएको थियो । जसमा १७ सय ४७ मत खसेको थियो । मतदानमा २१ जना अनुपस्थित रहेका थिए । क्षेत्र नम्बर १ को क प्रदेशबाट बाट ४ ६२ मत, ख प्रदेशबाट ४५७ मत, क्षेत्र नम्बर २ को क प्रदेशबाट ४१८ मत र ख प्रदेशबाट ४१० मत खसेको थियो ।
काँग्रेस जिल्ला कार्यसमितिको मत गणना सकिएसँगै बाँकि खुल्ला सदस्य, पालिका सदस्य र महासमिति सदस्यहरुको मत गणना सुरु भएको छ । काँग्रेसको केन्द्रिय राजनीतिमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने चार जना नेताहरु दुई प्यानलमा विभाजित भएका थिए ।
केन्द्रिय सह महामन्त्री डा. प्रकाशशरण महत, केन्द्रिय सदस्यहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी र बहादुरसिंह लामा तामाङ आफु अनुकुल जिल्ला नेतृत्व चयन गर्न लागि परेका थिए । २५ बर्ष पछी नुवाकोट काँग्रेसको नेतृत्व महत पक्षले हात पारेको हो ।
जिल्ला कार्यसमितिको पदाधिकारीमा १ उपसभापती बाहेक सबै महत पक्षको प्यानलनै बिजयी भएको हो । काँग्रेस नुवाकोटको नेतृत्वको लागी अर्जुननरसिंह केसीले आफ्ना भाई डा. केदारनरसिंह केसीलाई सभापतिको रुपमा मैदानमा उतारेका थिए ।
सह महामन्त्री डा. महत, केन्द्रिय सदस्यहरु डा. रामशरण महत र तामाङको समर्थन रमेशकुमार महतलाई रहेको थियो । रमेशकुमार महत महत दाजुभाईका भजिता हुन् । दुई प्यानलमा विभाजित नुवाकोट काँग्रेसको चुनावी लडाई चाखपुर्ण भएको छ ।
हालै भएको स्थानीय तहमा निर्वाचनमा बर्चस्व देखिएको केसी परिवारको राजनीति प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्लाको चुनावमा कमजोर देखिएको छ । जिल्ला अधिवेशनमा मतदान गर्ने काँग्रेस नेताहरुको बहुसंख्या महत दाजुभाई र बहादुरसिंह लामा तामाङको समुहमा देखिएको छ ।
यस अघिको १३ औं महाधिवेशनमा समेत झण्डै यही प्रकृतिको चुनावी दौडमा जगदीश्वरनरसिंह केसीले रमेशकुमार महतलाई १४ मतले सभापति पदमा पराजित गरेका थिए ।



तपाईको प्रतिक्रिया