Techie IT
×
गृहपृष्ठसमाचारनेपालकै ठुलो सोलार आयोजनामा स्थानियहरुको ताला

नेपालकै ठुलो सोलार आयोजनामा स्थानियहरुको ताला


नेपाल बिद्युत प्राधिकरणले नुवाकोटको देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजनाको कार्यालयमा ताल्चा लगाईएको छ ।
युवा संघर्ष समितिले यस भन्दा अगाडी पटक पटक प्रभाबित नागरिकह्रुको माग सम्बोधन गर्न लिखित रुपमा आग्रह गरेको थियो । प्रभाबित नागरिकह्रुको मागलाइै बेवास्ता गर्दै आयोजनाले काम अगाडी बढाए पछी आयोजनाको कार्यालयमा ताल्चा लगाएको युवा संघर्ष समितिका संयोजक रोजिना ढडु«गानाले जानकारी दिनु भयो ।
स्थानियवासी, जनप्रतिनिधिहरु र सरोकारवालाहरुसँग बिगतमा आयोजनाले गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै युवा संघर्ष समितिले १५ दिन भित्र माग सम्बोधन नहुनुको कारण लिखित रुपमा माग गर्दै आयोजनाको ध्यानाकर्षण गराएको थियो । १५ दिनको अल्टिमेटल दिएर आयोजनाको धारण माग गर्दा आयोजनाले प्रभाबित नागरिकह्रुलाइै सम्बोधन नगरेको भन्दै युवा संघर्ष समितिले आयोजनाको कार्यालयमा ताल्चा लगाएको हो ।
नेपाल बिद्युत प्राधिकरणले स्थानियको माग सम्बोधन गर्न नसक्ने र निर्माण कम्पनीले आयोजना सम्झौताको क्रममा कार्यादेश नभएको बताउदै माग समबोधन गर्न सकेको छैन् ।
नगरपालिका क्षेत्रकै बिभिन्न भुगोलामा नेपाल बिद्युत प्राधिकरणले नेपालमै ठुलो सोलार ग्रिड मानिएको उक्त आयोजना निर्माण गरिरहेको छ । निर्माण कार्यको आरम्भ हुँदा स्थानिय प्रभावित क्षेत्र र त्यहाँका जनताको हकमा आयोजनाले गरेको प्रतिवद्धता पुरा गर्न युवाहरुले माग गरेका थिए । विदुर नगरपालिका वडा नं. १२ चारघरेका रोजिना ढुङगानाको संयोजकत्वमा रहेको युवा संघर्ष समितिले पटक पटक सहकार्यमा माग सम्बोधन गर्न आग्रह गरेको थियो । लामो समय देखि आयोजनाले बिभिन्न बाहना बनाएर स्थानियहरुलाई झक्याउदै आएको थियो ।
यस भन्दा अगाडी पनी सोलार सरोकार समिति गठन गरेर स्थानिय प्रभाबित नागरिकह्रुले पटक पटक आयोजना र स्थानिय तहको ध्यानाकर्षण गराएको छ । बाताबरणिय प्रभाब मुल्याङकनको क्रममा समेत स्थानियहरुको जायज मागको सम्बोधन हुनु पर्ने उल्लेख छ । बाताबरणिय प्रभाब मुल्याङकनमा समाबेस भएका बिषय र आयोजनाको तर्फबाट भएको प्रतिबद्धता कार्यान्वयन नभएकाले युवाहरुले आयोजनाको कार्यालयमा ताल्चा लगाएर काम प्रभाबित बनाएका हुन् ।
स्थानिय प्रभाबित तथा युवा संघर्ष समितिले ध्यानाकर्षण गराउँदै ग्रीड सोलार आयोजनाले स्थानीय प्रभावित जनतासँग सरोकार नराखी न्यूनतम प्रभावित जनताको माग पनि पुरा नगरेको जनाएको छ । पटक पटक स्थानिय नागरिकहरुले सोलार आयोजनासँग बिकासका प्रतिबद्धता पुरा गर्न आग्रह गरे पनि आयोजनाले टार्दै आएको छ ।
आयोजना, निर्माण कम्पनी, स्थानिय प्रभाबित र वडा कार्यालयसँग भएको प्रतिबद्धता समेत पुरा नभए पछि प्रभाबित नागरिकहरु आक्रोशित भएका हुन् । आयोजनाले देबिघाट जलविद्युत् केन्द्रदेखि नौबिसे ज्यामिरेसम्म सडक स्तरउन्नती गर्ने, गौरीबेशीचोकदेखि महेन्द्र माविसम्म सडक स्तरउन्नती गर्ने, आयोजनाले स्थानिय प्रभावितहरुलाई रोजगारी दिने लगायतका मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनी कार्यान्वनमा भने आयोजनाले चासो देखाएको छैन् ।
आयोजना र निर्माण कम्पनीले एक अर्कालाई देखाउदै पन्छिदै आएको छ । आयोजनाले आफ्ना मागहरु पुरा नगरेको भन्दै बृहत आन्दोलनको तयारी युवा संघर्ष समितिले गरेको छ । आयोजनाको कार्यालयमा ताल्चा लगाउमा समेत स्थानियहरुको मागलाई बेवास्ता गर्दै काम अगाडी बढाएमा त्यसबाट हुने क्षतीको जिम्मेवारी लिन समेत तयार रहन आयोजनालाई सचेत गराएको छ ।



तपाईको प्रतिक्रिया