Techie IT
×
गृहपृष्ठअर्थअर्थतन्त्रको खम्बा सहकारी क्षेत्र : नगर प्रमुख पण्डित

अर्थतन्त्रको खम्बा सहकारी क्षेत्र : नगर प्रमुख पण्डित


पञ्चकन्या बचत तथा ऋण सहरकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विदुर नगरपालिका वडा नं. २ बिदुर चोकमा रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षमा १० लाख ६ हजार ३ सय ६१ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । सहकारीको बार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सहकारी संस्थाहरुका कारण टोलटोलमा आर्थिक जागरण उत्साहजनक र लोभ लाग्दो हुँदै गएको बताउनु भयो । राज्यको आर्थिक नितिको प्रमुख खम्बाको रुपमा रहेको सहकारी क्षेत्रलाई नगरपालिकाले समेत अपनत्व लिएर आबाश्यक समन्वय गर्दे आएको बताउनु भयो ।

नगरपालिकाले लिएको प्रमुख लक्ष्य उद्यमशिलतामा सहकारीसँगको सहकार्यमा कृषि, स्वरोजगार तथा युवा उद्यमशिलतामा सहकारीसँग नगरपालिकाले सहकार्य गर्ने निति लिएको बताउनु भएको छ । २२ बर्षको ईतिहाँस रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था नुवाकोटमा सहकारीकै अग्रणी संस्थााके रुपमा रहेकाले ब्यबसायिक क्षेत्रमा होसिमनको लागी आग्रह गर्नुभयो । सहकारी अभियान आन्दोलन हुँदै अब सहकारी ब्यबसायिक हुनु पर्नेमा उहाँले जोड दिनु भएको छ ।

यस्तै, कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले नगरपालिकाको भुगोलमा रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी सस्थाले समग्र नुवाकोटको सहकारीको चित्रणच गर्ने बताउनु भयो । अग्रणी सहकारी भएकाले बचत तथा ऋण कारोबारमा पनी नयाँ आयामको सुरुवात गर्दै अगाडी बढ्नको लागी उहाँले आग्रह गर्नुभएको छ । सहकारीको मुल्य मान्यतासँगै सामाजिकिकरण, आर्थिक उननयन र ब्यबसायिकतामा सहकारी लाग्नु पर्ने बताउनु भयो ।

२२ औं बार्षिक साधारण सभाको अवसरमा सहकारीका अध्यक्ष रमेश श्रेष्ठले श्रेष्ठले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष सरोजप्रसाद दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
सहकारीको शेयर पुँजी ७४ लाख ३५ हजार ८ सय रुपैयाँ रहेको छ । सहकारीले १२ करोड ७९ लाख रुपैयाँ छरिएर रहेको पुँिजीलाई एकत्रित गर्दै ११ करोड १५ लाख रुपैयाँ सदस्यहरुलाई ऋण लगानी गरेको छ ।
२२ औं बार्षिक साधारण सभाको अवसरमा सहकारीले असल कारोवार गर्ने सदस्यहरुको सम्मान गरेको छ । भुगोलको आधारमा सहकारीमा उत्कृष्ट बचत गर्ने, उत्कृष्ट ऋण कारोबार गर्ने र ज्येष्ठ सदस्य गरि १४ जनालाई सम्मान गरेको छ । राज्यले लिएको नितिलाई आत्मसाथ गर्दै सहाकरीले दोहोरो सदस्यता कायम नराख्ने निति अबलमबन गरेको छ । शेयर सदस्यहरुको दोहोरो सदस्यताको अधिलेख तयार पारि सदइहरुलाई सस्था रोज्न लगाउने, सहकारी शिक्षा तालिमको आयोजना गर्ने, सहकारीको पुँनि परिचालनमा उख्मशिलता र स्थानिय उत्पादनमा प्रेरित गर्ने निति लिएको सहकारीका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनु भयो ।

पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विश्व महामारी कोभिडका कारण भएको लकडाउनको अवधिमा ब्याजमा समेत छुट दिएको थियो । ब्याजको हर्जनमा छुट सहित ब्याजमा नै १० प्रतिशत छुट दिएको सहकारीबाट ऋणी शेयर सदस्यहरु सुविधा प्राप्त गरेका थिए ।
त्यसका साथै सामाजिक सेवामा समेत सक्रिय रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिडको उपचारका लागि त्रिशुली अस्पतालमा आर्थिक तथा सामाग्री सहयोग लगाययतका गतिविधिहरु सञ्चालन गरेको अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभएको छ ।



तपाईको प्रतिक्रिया