Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशअनियमितताको चर्को चाङ पालिका प्रमुखनै अग्रसर

अनियमितताको चर्को चाङ पालिका प्रमुखनै अग्रसर


लोभलाग्दा नारा र महत्वाकांक्षी चुनावी घोषणापत्रका साथ निर्वाचित भएका नुवाकोटका दुप्चेस्वर गाँउपालिकाका अध्यक्ष योबिन्द्रसिङ तामाङ अहिले आफैं अन्योलमा पर्न थालेका छन् ।
जुन प्रतिबद्धतासाथ निर्वाचित भए अहिले ती प्रतिबद्धता पूरा गर्न नसक्दा अन्योलमा परेका हुन् उनी । उनले नेपाली कांग्रेसको घोषणापत्रमा उल्लेखित प्रतिबद्धतालाई पूर्ण रुपमा पालना गर्दै दुप्चेश्व्र गाँउपालिकामा जल्दोबल्दो समस्या समाधान गर्ने आफ्नो चुनावी एजेण्डामा समावेश गरेका थिए । गाँउपालिका भित्रको भौतिक बिकासमा जोड दिदै, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षणमा कडाइ गर्ने,, युवाहरुलाई गाँउमै रोजगारि सिर्जना गर्ने, गाँउपालिकाको सबै वडामा पुग्ने सडक कालो पत्रे गर्ने प्रमुख चुनावी एजेण्डा बनाएका थिए । तर ५ वर्षमा यी कुनै पनि देखिने गरि काम भएका छैनन् ।
आमा तथा युवा समूहका भवन उद्घाटन, भेटघाट, भाषणबाजी तथा राजनीतिक गतिविधिबाहेक अन्य केहि उपलब्धि देखिएको छैन । उनले गाँउपालिका भित्र रहेका सिमित ब्यक्तिहरुलाई हिजो चुनाबमा आफुलाई सहयोग गर्नेहरुलाई छनौट गरेर उपभोक्ता समिति निर्माण गर्ने र आफु समेत त्यसको हिस्सेद्धार बन्ने गरेका छन् । उपभोक्ता समितिको चेक काटिने बित्तिकै सबै भन्दा पहिला गाँउपालिका प्रमुख योबिन्द्र सिङ तामाङको खातामा रकम जम्मा हुने गरेको छ । योजना छनौट तथा बिनियोजनको क्रममा कथित उपभोक्ता समिति निर्माण गरि त्यस्ता कामहरुमा हिनामिना हुने गरेको छ । सुशासन मैत्रि स्थानिय तह निर्माणमा लाग्नु पर्ने पालिका अध्यक्ष आफै दलदलमा फस्न थालेका छन् ।
गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण गरि दक्ष चिकित्शक सहितको सेवा उपलब्ध गराउने उनको प्रतिबद्धता थियो । तर महिनै पिच्छे दुप्चेश्वर गाँउपालिकाबाटै हेलिमा बिरामि काठमाण्डौ लैजानु पर्ने बाध्यता कायमनै रहेको छ । राष्ट्रपति स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत नुवाकोटको दुप्चेश्वर गाँउपालिका मात्रै परेको छ । गाँउमा सुत्केरी हुन नसकेका महिलाहरुलाई राज्यले निशुल्क हेलि मार्फत उद्धार गर्ने गरेको छ । त्यहि राष्ट्रिय कार्यक्रमलाई मेरो भन्दै सामाजिक सञ्जालमा प्रस्तुत गर्दे उनि दुप्चेश्वर गाँउपालिकाका सोझा जनताहरुलाई झुक्याईरहेका छन् ।
वडा, वडामा स्वास्थ्य केन्द्रको स्तरीकरण गरी गाउँ, टोलसम्म प्रसूति सेवा तथा घुम्ती स्वास्थ्य कार्यक्रमसहित स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने, व्यवस्थित घर, व्यस्थित परिवार, स्वास्थ्य बिमाद्वारा उपचारको प्रबन्ध गर्ने नारालाई व्यवहारमा सार्थक बनाउने प्रतिबद्धता जनाएका थिए । तर निर्वाचनका बेला गरिएका प्रतिबद्धता सब अहिले उनले बिर्सिएका छन् । नुवाकोटको ग्रामिण क्षेत्रमा रहेको दुप्चेश्व्र गाँउपालिकामा काम गर्ने अबसरहरु धेरै रहेको छ । कृषि, पशु, तरकारी उत्पादनलाई बृद्धि गर्दे बजारीकरण गर्ने, स्थानिय उत्पादनलाई बजार केन्द्रित बनाउदै आयआर्जनमा बृद्धि गर्ने योजना रहे पनी गाँउपालिका त्यस तर्फ केन्द्रित हुन सकेको छैन् । प्रदेश र संघको बजेटबाट बनेका सडक बाहेक दुप्चेश्वर गाँउपालिकाले बिनियोजन गरेको बजेटबाट कुनै पनी देखिने काम हुन सकेको छैन् ।
गाँउपालिकाले खर्च गरेको हरेक शिर्षकमा अनियमितता भएको भन्दै स्थानियहरु आक्रोसित बन्न थालेका छन् । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम, गाँउपालिकाको आन्तरिक सामाग्री खरिद, स्थानिय नागरिकहरुमा प्रदान गरेको सहयोग सामाग्री लगायतमा अनियमितता भएको भन्दै स्थानियहरुले आबाज उठाउन थालेका छन् । यसको बिरुद्धमा स्थानिय नेताहरुले आबाज उठाउन थाले पनी गाँउपालिका अध्यक्ष योबिन्द्र सिङ तामाङले स्विकार नगरि उनिहरुलाई आफ्नो प्रभाबमा राख्ने काम गर्दे आएका छन् ।

गाँउपालिकाबाट अनियमितता भएको आबाज उठाउने स्थानियहरुलाई आफु अनुकुल बनाउने काममा उनको समुह सक्रिय रहेको छ । ठुलो रकम खर्चिएर पालिका अध्यक्षमा निर्बाचित भएका उनको रबाफ दिनहु बढ्दै गएको छ । पाँच बर्षको कार्यकाल सम्पन्न हुँदै गर्दा फेरी उनि त्यहि समुह परिचालन गर्न थालेका छन् । सिमित ब्यक्तिहरुलाई साथमा लिएर फेरी निर्बाचनमा गाँउपालिका अध्यक्षको उम्मेद्धवार बन्न उनको ध्यान केन्द्रित बनेको छ । स्थानिय सरकारको प्रमुख जस्तो पदमा रहेको उनि आफै बिसर्दै गएका छन् । पद र पैसाको प्रभाबमा राखेर उनले फेरी गाँउपालिकाको अध्यक्षको टिकटको लागी बार्गेनिङ गर्दे आएका छन् ।



तपाईको प्रतिक्रिया