Techie IT
×
गृहपृष्ठप्रदेशपुराना प्रतिबद्धता सम्जन चाहदैनन पालिका अध्यक्ष ः तामाङ

पुराना प्रतिबद्धता सम्जन चाहदैनन पालिका अध्यक्ष ः तामाङ


२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा दुप्चेश्वर गाँउपालिकाका अध्यक्षका उम्मेदवार योबिन्द्रसिङ तामाङको मत माग्दा ‘सम्बृद्ध स्थानिय तह’ को नारा थियो । तर चुनाव जितेपछिका करिब ५ वर्षमा उनले अहिले ‘सम्बृद्ध स्थानिय तह’ को पुरानो नारा त्यति सम्झन चाहँदैनन् । किनकी उनले नेतृत्व सम्हाल्दा गाँउपालिका जस्तो थियो करिब अहिले पनि त्यस्तै रहेको छ ।
बितेको ५ बर्षमा स्थानिय तहले मात्रै झण्डै ३ अर्बको बजेट परिचालन गरेको छ । अजै यसमा संघ, प्रदेश, बित्तिय समानीकरण जस्ता आउने अनुदान तथा योजनाहरुको हरहिसाब गर्दा ठुलो बजेट कार्यान्वयन भएको दुप्चेस्वर गाँउपालिकामा कहा र कुन क्षेत्रमा बिकास भएको छ, भनेर खोज्नुपर्ने अबस्था रहेको छ ।
पालिका अध्यक्ष योबिन्द्रसिङ तामाङका अनुसार गाँउपालिकाको पूर्वाधार विकास र जीवनस्तर उकास्ने थुप्रै काम भएका छन् । तर कहा के भयो भनेर खोज्नु पर्ने अबस्था रहेको छ । दुप्चेस्वरमा बिकास देखिने भनेको डाँडापाखामा रहेको डोजर आतङक मात्रै रहेको स्थानियहरुको भनाई छ । जता ततै बिकासको नाममा खनिएमा सडक सञ्जालहरुमा बजेटको दुरुपयोग मात्रै भएको छ । आफु निर्बाचित भएको पहिलो बर्ष देखिनै डोजर आतङक मच्चाएका पालिका अध्यक्ष तामाङले अब्यबस्थित र बिना योजना डोजर चलाउदा झनै बिनास तर्फ गाँउपालिका मोडिएको छ । योजनाको उपलब्धता र महत्वको मुल्याङकन बिना निर्माण भएका सडकहरुमा अहिले पहिरोले सबै बन्द भएका छन् ।
संघ र प्रदेशबाट बिनियोजित बजेटलाई समेत गाँउपालिका अध्यक्ष तामाङ मैले गर्दा आएको हो भन्दै स्थानिय नागरिकहरुलाई झुक्कयाउने गरेका छन् । स्थानियहरुले गाँउपालिकाबाट प्रभाबकारी काम नभएको गुनासो गर्दा र सचेत गराउदा समेत अध्यक्ष तामाङ आफुखुसी रुपमा काम गर्दै आएका छन् । कार्यपालिकामा आफ्नो पार्टिको बहुमत रहेका कारण अरुलाई पेलेरै भएपनी आफुले भनेका योजनाहरु राख्न सफल छन् । तर ति योजनाको सफल कार्यान्वयनमा भने उनि चुक्दै आएका छन् । अनियमितता र भ्रष्टाचारको जड नउखलिने गरि दुप्चेस्वर गाँउपालिकामा गाडिएको नेकपा माओबादी केन्द्रका एक नेताले बताएका छन् ।
बहुमतको आडमा अनाबश्येक ठाँउमा बजेट बिनियोजन गर्ने र आफ्ना कार्यकर्ताहरुको पालनपोषणमा जोड दिने गरेका पालिका अध्यक्ष तामाङ अहिले फेरी बैशाख ३० गते तोकिएको स्थानिय तहको निर्बाचनमा टिकटको लागी लबिङ गर्दै आएका छन् । डाक्टर प्रकाशशरण महतको दाईने हातको रुपमा जिल्लामा रहदै आएका तामाङ डाक्टर महतलाई रिजाउन तर्फ लागेका छन् । साम दाम दण्ड भेद को निति लिएर उनि निर्बाचनमा उत्रिने भन्दै हाल डाक्टर प्रकाश शरण महतलाई सामान्य कार्यक्रममा समेत दुप्चेस्वरमा आमन्त्रण गर्ने गरेका छन् ।
आफैले साइृबर सेनाको रुपमा तयार बनाएका केहि स्थानियहरुलाई अहिले देखिनै गाँउपालिका अध्यक्षमा आफुनै बलियो रहेको सामाजिक सञ्जाल मार्फत प्रस्तुत गर्न लगाउन थालेका छन् । ब्यबसायिक यात्राबाट राजनितिमा होमिएका तामाङ राजनितिक ब्यक्ति नभएको भन्दे काँग्रेस भित्रै आबाज उठ्न थालेको छ । स्थानिय तहले सञ्चालन गर्ने हरेक योजना तथा कार्यक्रममा काँग्रेसको भातृ संगठन र पाटिका कार्यकर्ताहरु समाबेस नहुने भएमा त्यस्ता योजना र कार्यक्रम बन्द गर्ने गरेका छन् ।
स्थानीय तहमा पाँच वर्षसम्म जनप्रतिनिधिहरुबाट राम्राभन्दा नराम्रा काम भएको समाचार बढी आउन थालेका छन् । जनप्रतिनिधि देखि स्थानिय तहका कर्मचारीको समेत मिलेमतोमा नितिगत अनियमितताको चाङ लाग्न थालेको छ ।
स्थानिय नागरिकहरुका अनुसार जनप्रतिनिधिहरु नियमित कार्य सम्पादन र टुक्रे योजना बाँड्ने काममै अल्झिएको बताउछन् । साना र टुक्रे योजनाहरुलाई गाँउपालिmका अध्यष आफैले प्राथमिकतामा राख्ने गरेका छन् । ठुला योजना सञ्चालन गर्दा ठेक्का प्रणली अबलम्बन गर्नुपर्ने र नितिगत रुपमा अनियमितता गर्न नपाउने भए पछी स्थानिय तहले बिनियोजन गरेको बजेटको अधिकाँस योजना टुक्रे रहेका छन् । टुक्रे योजना सञ्चालन गर्दा, धेरै कार्यकर्ताहरुलाई समेट्न पुग्ने, योजनाको संख्या समेत बढ्ने र अनियमिततामा समेत सहज हुने भएपछी कर्मचारी र जनप्रतिनिधिको मिलेमतो भएको छ ।
यता, गाँउपालिकामा कर्मचारीले कमिशन बिना कामै नगर्ने भएपछि काम गर्ने स्थानियहरु समेत आजित भएका छन् । ससाना खरिद तथा सप्लाईका काममा समेत कर्मचारीहरु कमिसनको डिल गर्न आफै आर्यपुग्ने गरेका छन् । कोटेसन मार्फत काम भएका सबै बिषयमा कमिसनको डिल हुने गरेको छ । कर्मचारीले जनप्रतिनिधि अर्थात पालिका अध्यषलाई समेत मिलाउनु पर्ने भन्दै कमिसनमा डिल हुने गरेको पाईएको छ । स्वास्थ्यचौकिमा औषत्रि खरिद, कोरोना संक्रमण नियन्त्रण तथा रोकथामा लागी भएका सामाग्री खरिद, क्वारेनटाईन तथा आर्यसोलेसन ब्यबस्थापनका लागी भएका खरिदमा समेत भ्रष्टाचार भएको छ । पालिका अध्यक्ष प्रत्यक्ष यसमा संलग्न रहेको भन्दै कर्मचारीहरुले नितिगत रुपमै अनियमितताको लागी ढोका खोलेका छन् ।
आपतकालीन समयको र तत्कालै गर्नुपर्ने भन्दै कोटेसन आफै ब्यबस्थापन गरि एक सप्लायर्ससँगको सम्झौतामा पालिकाले बिभिन्न कामहरु गरेका छन् । कामका प्रकृति र कारोबार हेर्दानै संकास्पद लाग्ने देखिएको छ ।
गाँउपालिकामा कर्मचारी नियमित नहुने, सिमित समय काम गर्ने प्रबृत्तिको समेत दुप्चेश्वर गाँउपालिकामा बिकास भएको छ । भएका केहिपुर्बाधार क्षेत्रको बिकासमा समेत भुक्तानी प्रकृया रोकिने, पालिकाले आपसि समन्वय नगरिदिने जस्ता कार्यमा कर्मचारी सक्रिय रहेको निर्माण ब्यबसायिहरुको भनाई रहेको छ ।



तपाईको प्रतिक्रिया