Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशसुर्यगढीमा काँग्रेसको बलियो उम्मेद्ध्वार : कुमार गुरु

सुर्यगढीमा काँग्रेसको बलियो उम्मेद्ध्वार : कुमार गुरु


स्थानीय तहको निर्वाचन नजिकिएसँगै नुवाकोटको सूर्यगढी गाउँपालिकामा चुनावी माहोल बढेको छ । नेपाली काँग्रेसको तर्फबाट सूर्यगढी गाउँपालिका अध्यक्षमा कुमार गुरुङको चर्चा चलेको छ । गाँउपालिकामा रहेका युवा बर्ग र पार्टि भित्रै बाट गुरुङलाई उम्मेद्ध्वार बनाउनु पर्ने माग दर्बिलो बन्दै गएको छ ।
सफल व्यवसायी समेत रहेका गुरुङ २०५२ सालमा नुवाकोट साबिक लच्याङ गाबिस बाट नेबिसंघ को क्षेत्रिय प्रतिनिधि तथा २०५४ मा नेबिसंघ एकाइ सभापति हुँदै नेपाली कांग्रेसको राजनीतिमा होमिएका थिए । गुरुङको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै हो ।
हाल नुवाकोटबाट कांग्रेसको १४औं महाधिवेशनमा कमजोर मानिएको अर्जुन नरसिंह टिमबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतका साथ बिजयी भएका थिए । व्यबसायसंगै राजनीतिका अलाबा लायन्स रोटरी जस्ता बिभिन्न सामाजिक संघ संथाको नेत्रित्व तहमा सक्रिय रहेर सामाजिक ब्यक्तित्व बिकास गर्न सफल गुरुङ खेलकुदका राष्ट्रिय संघहरुमा पनि जिम्मेवार पदमा रहेर काम गर्दै आएका छन् ।
संबिधानले दिएका अधिकारको पुर्ण प्रयोगले स्थानिय तहको समग्र बिकास गर्न सकिने भन्दै स्थानियहरुले सबल नेतृत्वपको लागी गुरुङलाई अगाडी सारेको बताउन थालेका छन् । परिबर्तन युवाहरुबाटनै हुनेभएकाले युवा बर्गलाई नेतृत्वमा स्थापित गर्नुपर्ने स्थानिय नागरिकह्को आबाज रहेको छ । बिभिन्न संघ संस्थाहरुमा सफल नेतृत्व प्रदान गरिसक्नु भएका गुरुङलार्य गाँउपालिकाको अध्यक्षमा काँग्रेसको तर्फबाट उम्मेद्ध्वार बनाउनु पर्ने माग जोडदार रुपमा उठ्न थालेको छ ।
करिब १७ हजार मतदाता भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा काँग्रेस विजयी भएको थियो । अहिले एमाले विभाजित भएको तथा पार्टीको उपस्थिति थप प्रभावकारी भएकाले आफू नै विजयी हुने दाबी काँग्रेसको छ । तर, एमाले र माओवादी पनि यसपटक आफू विजयी हुने दाबी सहित मैदानमा छन् ।
त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको यो गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै गर्दा गाउँपालिका अध्यक्षमा दाबेदारी गर्नेहरु पनि बढ्दै गएका छन् । यसमा सबैभन्दा अगाडि काँग्रेसकै स्थानीय नेताहरु रहेका छन् ।
हालसम्म काँग्रेसबाट कुमार गुरुङ, वर्तमान अध्यक्ष सन्तबहादुर घलेको नाम चर्चामा रहेको छ । काँग्रेस नुवाकोट केसी र महत समूहको रुपमा विभाजित रहेकाले आन्तरिक सन्तुलन मिलाएर उम्मेदवार चयन गर्न सकस रहेको स्थानीय नेताहरु बताउँछन् । नुवाकोटको सबै स्थानिय तहलाई मिलाउदा सुर्यगढी गाँउपालिकामा दुईजना बिचमा टिकटको रस्साकस्सि हुने आकलन स्थानियहरुले नै गर्दे आएका छन् । बर्तमान गाँउपालिका अध्यक्ष सन्तबहादुर घले र कुमार गुरुङ बिचमा टिकट कसलाई दिने भन्ने बिचमा पार्टिका नेतृत्व तहनै अन्यौलमा रहेको छ ।
गाउँपालिका अध्यक्षमा दाबी गर्ने कुमार गुरुङको पारिवारिक पृष्ठभूमि राजनीतिक नै रहेको छ । उनका बुबा २०५४ सालको स्थानीय चुनावमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि थिए । नेविसंघको राजनीति हुँदै हाल काँग्रेस महाधिवेशन प्रतिनिधि रहेका उनी एक सफल व्यवसायी पनि हुन् । उनलाई गाउँपालिकाको एक सशक्त उम्मेदवारका रुपमा हेरिएको छ । युवाहरुले उनलाईनै उम्मेद्ध्वार बनाउनु पर्ने भन्दै लबिङ गर्न थालेका छन् । गाँउपालिकामा सामाजिक कार्यमा समेत शक्रिय रहदै आएका गुरुङलाई काँग्रेसले उम्मेद्ध्वार बनाउनु पर्ने माग युवा बर्गको रहेको छ । स्थानिय तहमा परिबर्तन र बिकास आबाश्यक रहेकाले त्यो युवाबाट मात्रै संभब रहेको स्थानिय नागरिकहरुको भनाई रहेको छ ।
गुरुङ काँग्रेसमा मात्रै नभई अरु पाटिको मत समेत तान्न सक्ने ब्यक्ति रहेकाले गुरुङलाई उम्मेद्ध्वार बनाउदा सजिलै जित्ने आकलन काँग्रेस बृतमै रहेको छ । एमाले र माओबादीको उपस्थिति राम्रै भए पनी सुर्यगढी गाँउपालिकामा कुमार गुरुङलाई टक्कर दिने कोहि नभएको अरु पाटिर्ले बताउदै आएका छन् । राजनितिक पृष्ठभुमि भएको र पछिल्लो समय सामाजिक कार्यमा शक्रिय रहदै आएका गुरुङ प्रत्यक घरघरमा समाज सेवा मार्फत पुगेका छन् । गाँउपालिकाको बिकासको लागी ब्यक्तिगत रुप देखि बिभिन्न संघ संस्थासँगको सहकार्यमा समेत उनले गाँउपालिकामा काम गर्दे आएका छन् । सामाजिक कार्यको क्रममा सबै पार्टिसँग सहकार्य गर्दे अगाडी बढेकै कारण अरु पार्टिले समेत गुरुङलाई बलियो प्रतिष्पर्धि मान्दै आएका छन् । सुर्यगढी गाँउपालिकामा नेकपा एमाले र माओबादी केन्द्रले समेत काँग्रेसको उम्मेद्ध्वार छनौट पछी मात्रै निक्यौल गर्ने जनाएको छ ।
यस्तै अघिल्लो चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष घलेले आफूले अझै धेरै काम गर्न बाँकी रहेकाले फेरि दोहोरिने इच्छा देखाएका छन् । यसैगरी नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका पुराना राजनीतिज्ञका रूपमा रहेका शिव अधिकारी आगामी निर्वाचनमा गाउँपालिका अध्यक्षको आकांक्षीको रूपमा देखिएका छन् । अन्य दावेदार पनि स्थानीय राजनीतिमा परिचित अनुहार हुन् । आकांक्षी धेरै रहेकाले सूर्यगढीमा एकजना उम्मेदवार चयन गर्न सकस रहेको बताइएको छ । उसो त एमाले र माओवादीका पनि उम्मेदवारीका लागि दौडधूप गर्ने नेताहरुको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।



तपाईको प्रतिक्रिया