Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशस्वर्गिय पाण्डेको शालिक अनाबरण

स्वर्गिय पाण्डेको शालिक अनाबरण


स्वर्गिय गोबिन्द्र प्रसाद पाण्डेको स्मृतिमा निर्माण भएको भवन तथा शालिक नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पुर्ब अर्थमन्त्रि डाक्टर रामशरण महतले अनाबरण गर्नुभएको छ ।
तादी गाँउपालिका वडा नम्बर ३ मा रहेको अमरज्योति माध्यमिक बिद्यालय परिसरमा निर्माण सम्पन्न भएको भवन र शालिकको अनाबरण भएको हो । २०१४ सालबाट नेपाली काँग्रेसमा क्रियाशिल रहनु भएका पाण्डे २०१८ देखि दश बर्ष सम्म खरानिटार गाँउ पञ्चायतको प्रधानपञ्चको रुपमा रहनु भएको थियो । उहाँकै शक्रियतामा २०२४ सालमा अमरज्योति निमाबीको स्थापना गरि सञ्चालन गर्नुभएको स्वर्गिय पाण्डेको स्मृतिमा बिद्यालय परिसरमा नै शालिक तथा दुई तलाको भवन निर्माण भएको हो ।
यस्तै, पाण्डे २०२८ सालदेखि २०३३ साल सम्म नुवाकोट जिल्ला पञ्चायतको उपसभापती, २०३९ सालमा जिल्ला पञ्चायत सभापतीको रुपमा समेत रहनु भएको थियो । राजनितिज्ञ तथा समाजसेबि २०४९ सालको स्थानिय निकायको निर्बाचनमा गाबिस अध्यक्षमा समेत निर्बाचित हुनु भएको थियो । कृषि बिकास बैङकको सञ्चालक समिति सदस्यमा ५ बर्ष सम्म रहेर काम गर्नु भएको थियो । यस्तै, तत्कालिन राजा बिरेन्द्रबाट सुप्रबल गोरखा दक्षिणबाहु चौथोद्धारा सम्मानित हुनु भएका उहाँको २०६३ साल बैशाख २८ गते देहबसान भएको थियो ।

   

गोबिन्द प्रसाद पाण्डे स्मृति भवन तथा शालिकको अनाबरण कार्यक्रममा उहाँका सुपुत्र एवं तादी गाँउपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डेले बुवाले सुरुवात गरेको स्कुलमा स्मृतिमा भवन निर्माण तथा शालिक निर्माण गरेको उल्लेख गर्नुभएको छ । आफ्नै पवरिवारबाट संकलन भएको रकमले उहाँको स्मृतिलाई ताजा बनाईराख्न सामाजिक क्षेत्रमा खटिएको उल्लेख गर्नुभएको छ ।
स्वर्गिय पाण्डेको स्मृतिमा उहाँका परिवारले दुई तलाको भवन निर्माणका साथै उहाँको अर्धकदको शालिक निर्माण गरेको छ । समाज सेवामा निरन्तर खटिरहनु हुने स्वर्गिय पाण्डेको शालिक अनाबरण गर्दै काँग्रेस केन्द्रिय सदस्य एवं पुर्ब अर्थमन्त्रि डा रामशरण महतले स्वर्गिय पाण्डेलाई स्मरण गर्दै कुशल राजनितिज्ञ र निर्भिक निडर ब्यक्तिको रुपमा रहेको बताउनु भएको छ । समाज परिबर्तन, सुुधार र ग्रामिण भेगका नागरिकहरुको जिबनस्तर उकास्नको निमित्त उहाँले जिबन समर्पण गरेको बताउदै तत्कालिन सयमा नुवाकोटको अबिभाबको रुपमा पाण्डे रहेको बताउनु भयो ।
यस्तै, कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य अर्जुन नरसिङ केसीले तत्कालिन समयमा सँगै रहेर काम गरेको समरण गर्दे गोबिन्द पाण्डेको वाक कला र समाजिक कार्यबाट आफु प्रभाबित भएको बताउनु भएको छ । नागरिकहरुको सेवामा सक्रिय सहदै लाभको पदमा बस्न नचाहने तर समाज परिबर्तनको संबाहको रुपमा आफुलाई उभ्याउन सफल ब्यक्तिको रुपमा स्वर्गिय पाण्डे रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस नुवपाकोटका निबर्तमान सभापती जगदिश्वर नरसिङ केसी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, नेपाली काँग्रेसका बिभिन्न ब्यक्तित्वहरु, बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुले स्वर्गिय पाण्डेलाई स्मरण गर्दै उहाँले देखाएका बाटोमा हिड्न नसकिएको स्विकारेका छन् । तत्कालिन समयमा भएका सफलताहरुलाई सक्रिय रुपमा निरन्तरता समेत दिन नसकिएको बताएका छन् । समाज परिबर्तन र बिकासको लागी अहोर।ात्र खटिने ब्यक्तिको देहबसान भएता पनी उहाँले सुरुवात गरेका कामहरुले अहिले सम्म सबैले सम्जिरहेको बाटो बनेको कार्यक्रममा सहभागी भएकाहरुले बताएका छन् ।



तपाईको प्रतिक्रिया