Techie IT
×
गृहपृष्ठअर्थकाठैकाठको घर

काठैकाठको घर


रसुवाको चिलिमे क्षेत्रमा बिनासकारी भूकम्पले धेरै घर भत्काएको थियो । भूकम्पले बस्ती जोखिमयुक्त क्षेत्रमा परे पछि धेरै घर विस्थापित भएका थिए । आफ्नो थातथलो गुमाएका यस भेगका बासिन्दाले केही वर्ष छाप्रोमा गुजारे तर अहिले चिटिक्क परेका काठैकाठका घर बनाएर आफ्नै घरमा बस्न थालेका छन् ।
पर्यटकीय क्षेत्र उत्तरी रसुवाका विस्थापितहरू पाँच वर्षपछि सुरक्षित आवास पाएर उनीहरू खुसी भएका हुन् । जोखिमयुक्त बस्तीमा परेका गोसाँईकुण्ड गाउँपालिका–१ को थुमन तार्सा र आमाछोदिङमो गाउँपालिका–५ चिलिमेका भूकम्प पीडितको बस्ती अहिले रुपै फेरिएको छ
गोसाँईकुण्ड गाउँपालिका १ को देश्यागाउँ जोखिममा परेपछि जोखिम बस्तीमा परेका सुन्जो तामाङले सरकारी अनुदान लिएर तार्सा गाउँमा काठैकाठको घर बनाउनुभयो । पहिलाकै जस्तो चिनारी दिने गरि भुकम्प पछी पनी काठैकाठको घर बनाएको उहाँले बताउनु भयो ।
अहिले १४ घर बनेका छन् । उच्च हिमाली क्षेत्रमा काठबाट निर्मित घरले न्यानो दिने भएको हुँदा भूकम्पपछिको पुनर्निर्माणको क्रममा काठको बढी प्रयोग गरेका पाइन्छ । त्यहाँ काठैकाठको चिटिक्क परेका घरदेखेपछि वरिपरिको गाउँबाट हेर्नेहरु धुइरिन थालेका छन् ।
आमाछोदिङमो गाउँपालिका–५ कामीसिदार तामाङ सुकुमबासीको परिवार हो । भूकम्पपछि भाडामा बसेकोमा सुरक्षित घडेरी खरिदका लागि सरकारले दुई लाख रुपियाँ दिएपछि जग्गा किनेर पुरानो शैलीको काठको घर बनाएर बसेको बताउनुभयो ।
भूकम्पपछि भूमिहीन तथा विस्थापित परिवारलाई जग्गा व्यवस्थापन गरी पुनर्वासमा सहजीकरण गरिरहेका सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका जिल्ला पैरवी संयोजक विश्वास नेपालीका अनुसार हिमाली क्षेत्रमा चिसो बढी हुने र काठ अभाव नहुने भएकोले अधिकाशं परिवारले काठ प्रयोग गरी घर बनाएका हुन ।
नेपालीका अनुसार गोसाइँकुण्ड गाउँपालिकाको थुमनमा १४ परिवार र आमाछोदिङ्मो गाउँपालिकामा ८४ परिवार भूकम्पको कारण विस्थापित भएका परिवारको जग्गा व्यवस्थापन भई पुनर्वास प्रक्रिया अघि बढेको छ । जसमध्ये अधिकाशंले काठको घर निर्माण गरेका छन् ।
हिमाली क्षेत्रमा धेरै चिसो हुने हुनाले पहिलेदेखिनै काठको घर बनाउने चलन थियो । सहरबाट निर्माण सामग्री ल्याएर घर बनाउन धेरै खर्चिलो पनि हुने तर गाउँ नजिकैको सामुदायिक वनबाट रोयल्टी तिरेर काठ सस्तो पर्ने हुनाले परम्परागत घर बनाउने गरिएको छ ।

मनमोहक काठैकाठको घर


तपाईको प्रतिक्रिया