Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकृषि गणनाको सचेतना गोष्ठि नुवाकोटमा

कृषि गणनाको सचेतना गोष्ठि नुवाकोटमा


राष्ट्रिय कृषि गणना कायृक्रमको तयारी नुवाकोटमा अगाढी बढेको छ ।
अहिले सुपरिबेक्षक र गणक करारमा छनौट गर्ने काम भैरहेको कृषि गणना कार्यालय नुवाकोटले जनाएको छ । कृषि गणनाको तयारी स्वरुपमा कार्यालयले जिल्ला स्तरिय कृषि गणना सचेतना गोष्ठि सञ्चालन गरेको छ । कृषि गणनाको लागी आबाश्यक सरोकारवाला निकायसँगै छलफल गर्दै राष्ट्रिय कार्यक्रमलाई प्रभाबाकरी रुपमा जिल्लामा सञ्चालन गर्न छलफल आयोजना गरेको कार्यालयले जनाएको छ ।
नेपालमा वि.सं.२०१८ सालदेखि हरेक १० वर्षमा कृषि गणना हुँदे आएको छ । राष्ट्रिय जनगणना पछी प्रत्येक पटक कृषि गणना हुँदै आएको छ ।
कृषि गणना आगामी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुने जिल्ला कृषि गणना कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटको १२ स्थानिय तहको २ सय २१ गणना क्षेत्र निर्धारण गरि कृषि गणना हुने भएको छ । त्यस मध्येबाट ५ हजार ५ सय २५ किसान परिवार छनौट गरि कृषि गणना हुने जिल्ला कृषि गणना कार्यालय नुवाकोटका प्रमुख नरेन्द्र शर्माले बताउनु भयो ।
पारिवारिक, व्यावसायिक तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषि कार्यको विवरणहरु संकलन गरिने कार्यालयले जनाएको छ । ‘कृषि गणनामा नुवाकोटको १२ वटै तहमा पुगेर सेम्पलिङ्गबाट ५ हवार ५ सय २५ किसान परिवारबाट तथ्यांक संकलन गर्ने योजना रहेको छ । त्यसका लागी नुवाकोटमा २२ जना सुपरिबेक्षक र २ सय २१ जना गणक परिचालन हुने छ ।
१ जना गणकले ३ गणना क्षेत्रमा गएर तथ्याङक संकलन गर्ने छन् । यहि चैत्र १ गतेदेखि कृषि गणना कार्यालय स्थापना गरि कार्यालयले काम सुरु गरिसकेको छ ।
कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाइ, पशुपक्षीको सङ्ख्या, कृषि औजारको उपयोग, कृषि–कार्यमा संलग्न जनशक्ति, महिलाको नाममा भएको जग्गा लगायतको बिवरण संकलन गरिने छ ।
यस्तै, कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरित गृह पद्धतिको प्रयोग, माटो परीक्षण, पशुआहारको श्रोत, कृषि बजारसम्मको पँहुच, कृषि अवशेष वा फोहोरको व्यवस्थापनलगायत कोभिड १९ ले कृषि क्षेत्रमा पु¥याएको असरजस्ता विविध विषयमा तथ्याङ्क सङ्कलन गरिने कृषि गणना कार्यालय नुवाकोटका प्रमुख नरेन्द्र शर्माले बताउनु भयो ।
कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका लागि देशलाई आवश्यक पर्ने आधारभूत सङ्ख्यात्मक सूचनाहरू प्राप्त गर्ने उद्देश्यले गणना गरिन लागेको उहाँले जानकारी दिनु भयो ।
मुलुक संघीयतामा गएपछि पहिलो कृषि गणना गर्न लागेको हो । विगतका कृषि गणनाहरुले कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादनसम्बन्धी विवरण जिल्ला तहसम्म मात्र दिँदै आएकोमा यसपटक संघीय ढाँचा अनुसारका गाँउपालिका÷नगरपालिका तह सम्मको तथ्यांक उपलब्ध गराउने छ ।
राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्क संकलन कार्य २०७९ को वैशाख ६ देखि जेठ १९ सम्म संचालन हुनेछ । विगतको कृषि गणनाहरु जस्तै यो गणना पनि वैज्ञानिक छनोट विधि ( स्यापलिङ्ग) विधिका आधारमा गरिने भएको छ ।
कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश, क्षेत्रीय तथा राष्ट्रिय स्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने कृषि क्षेत्रको बनौट तथा तथ्याङ्कको खाँचो योजनाविद् र नीति निर्माताहरूलाई पूरा गर्ने विश्वास विभागले लिएको छ ।
गणना पश्चातको मूख्य गणना कार्यबाट प्राप्त फारमहरुको कोडिङ, इडिटिङ, इन्ट्री, प्रशोधन तथा विश्लेषण गरी २०७९ को मंसिर महिनामा प्रारम्भिक प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने योजना रहेको छ ।

 

सुजित भण्डारी



तपाईको प्रतिक्रिया